१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : बिबिसी
रासस इस्लामावाद
२o८१ जेठ २ बुधबार १२:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पाकिस्तानमा आमनिर्वाचन : मतदान जारी

Read Time : < 1 मिनेट
रासस, इस्लामावाद
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:३६:oo

पाकिस्तानको आमनिर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ। कुल दुई सय ६६ मध्ये एकबाहेक दुई सय ६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी छ।

एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समयअनुसार बिहान ८ बजेदेखि सुरु भई बेलुका ५ बजेसम्म निर्वाध रूपमा जारी रहने बताए।

मतदानबाट आगामी पाँच वर्षका लागि नयाँ सरकार गठन गर्ने संसद्को तल्लो सदनका दुई सय ६५ सदस्य छान्न मतदाता बिहानै मतदान केन्द्रहरूमा पुगेको आयोगले जनाएको छ। पाकिस्तानका चार प्रान्तीय सभाको निर्वाचन आज एकै दिन भइरहेको छ।

आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी जनता अर्थात् देशको कुल जनसंख्याको आधाभन्दा बढी व्यक्ति आमनिर्वाचनका लागि मतदान गर्न योग्य मानिएका छन्। 

देशभर ९० हजार ६ सय ७५  मतदान केन्द्र स्थापना गरिएको छ। कुल दुई सय ६५ सिटका लागि हुने राष्ट्रिय निर्वाचनका लागि ६ हजारभन्दा बढी उम्मेदवार रहेका र खैबर पख्तुनख्वा, पञ्जाब, बलुचिस्तान र सिन्धसहित चार प्रान्तका लागि पाँच सय ९० वटा  सिटमा १२ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रेका आयोगले जनाएको छ।

ad
ad