१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाललाई चौथो झड्का, भीम सार्की पनि आउट

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१६:oo

क्यानडाविरुद्धको पहिलो एकदिवसीय म्याचमा टस जितेर ब्याटिङ गरिरहेको नेपाल दबाबमा परेको छ । पछिल्लो ६० रन जोड्दा चार विकेट गुमाएपछि नेपाल दबाबमा परेको हो । पछिल्लो दश रन जोड्दा दुई विकेट गुमेको छ । 

२२.३ ओभरमा एक सय आठ रनको अवस्थामा नेपालले चौथो विकेटका रूपमा भीम सार्कीलाई गुमाएको छ । क्रिजमा जमिसकेका भीम २६ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाएर आउट भए । उनलाई साद विन जफरले एलबिडब्लू धरापमा पारे । सादको यो दोस्रो विकेट हो । उनले यसअघि सानदार फर्ममा देखिएका कुशललाई ६२ रनको अवस्थामा आउट गरेका थिए । 

नेपालको पहिलो विकेट ४८ रनको अवस्थामा गुमेको थियो । तर, १८.३ ओभरमा ९८ रनको अवस्थामा नेपालले कुशल भुर्तेललाई तेस्रो विकेटका रूपमा गुमायो । जबर्जस्त ब्याटिङ गरिरहेका कुशल ५८ बलमा एक छक्का र नौ चौकाको मद्दतमा ६२ रन बनाएर आउट भए । साद विन जाफरले उनको विकेट लिए । 

त्यसअघि नेपालले अर्का ओपनर आसिफ सेख र कप्तान रोहितकुमार पौडेललाई समान आठ रनको अवस्थामा गुमाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित १७ बल मात्र खेलेर पेभेलियन फर्किए । १४.४ ओभरमा उनी आउट हुँदा नेपालको स्कोर ७१ रन थियो । त्यसअघि दसौँ ओभरको पहिलो बलमा ४८ रनको अवस्थामा आसिफ शेख आउट भएका थिए । 

कुशलले आक्रामक क्रिकेट खेलिरहेका वेला अर्को इन्डबाट सम्हालिएर खेलेका आसिफ २४ बलमा आठ रनको अवस्थामा ठूलो सट खेल्न खोज्न क्याचआउट हुन पुगे । उनलाई क्यानडाका उदय भगवानले आउट गरे । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेपछि राम्रो सुरुवात गरेको थियो । तर, पछिल्लो ओभर लगातार अन्तरालमा विकेट गुमाएपछि नेपाल केही दबाबमा परेको छ । 

अहिले क्रिजमा आक्रामक ब्याटर कुशल मल्ल र अलराउन्डर आरिफ सेख छन् । कुशलले १९ बलमा १७ रन बनाइसकेका छन् । ताजा अवस्थामा नेपालले २५ ओभरको खेल सकिँदा एक सय २४ रन बनाएको छ । 

ad
ad