Skip This
सवारी दुर्घटना न्यूनीकरणका लागि रास्वपाद्वारा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २४ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २४ बुधबार १८:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सवारी दुर्घटना न्यूनीकरणका लागि रास्वपाद्वारा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २४ बुधबार १८:१५:oo

रास्वपाले दुर्घटना न्यूनीकरणका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ। रास्वपा संसदीय दलकी सचेतक निशा डाँगीले पछिल्लो समय सवारी दुर्घटना बढेको भन्दै न्यूनीकरणका लागि प्रतिनिधिसभामा प्रस्ताव दर्ता गराएकी हुन्।

सभामुख देवराज घिमिरेलाई बुझाएको प्रस्तावमा भनिएको छ, ‘यातायात क्षेत्रको समग्र अवस्था, सवारी दुर्घटनाको भयावह यथार्थ र दुर्घटनाका कारण नागरिक र राज्यले व्यहोर्नुपरेको अपूरणीय क्षतिबारे सरकारलाई सचेत गराउन र यस विषयमा आवश्यक अध्ययन अनुसन्धान गरी सवारी दुर्घटना न्यूनीकरणका योजना र कार्यक्रम अघि सार्न अपरिहार्य देखिएको छ।’

जरुरी प्रस्तावमा मापदण्डविपरीतका सडक संरचना, सवारीसाधन प्रयोगकर्तामा ट्राफिक नियमबारे जानकारीको अभाव, सवारीसाधनको कमजोर अवस्था र सडक प्रयोगकर्ताको लापर्बाहीलाई राज्यले सही ढंगले नियमन गर्नुपर्ने औँल्याइएको छ। 

सवारी दुर्घटनामा चालकको दक्षता र अनुभवले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले चालक अनुमति-पत्र प्रदान गर्ने पद्धति जसमा चालक अनुमति-पत्र किनबेच गर्ने बिचौलिया प्रवृत्ति मौलाएको छ, यसको अन्त्य गरी सवारीचालक अनुमति-पत्र दक्षलाई मात्रै दिने व्यवस्थाबारे छलफल गर्न प्रस्ताव दर्ता गरिएको सांसद डाँगीले बताइन्। 

उनका अनुसार अव्यवस्थित सार्वजनिक यातायात, पैदलयात्री, बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा अशक्त र साइकलचालकहरूका लागि सुरक्षित सडक पूर्वाधार विकास गर्न नसकिएको, सडक प्रयोगकर्ताहरूमा रहेको ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति र सुरक्षासम्बन्धी चेतनाको कमीका कारण सडक दुर्घटनाको संख्या बढेकाले दुर्घटना न्यूनीकरणका लागि आवश्यक पर्ने ट्राफिक सचेतना प्रवर्द्धन, सडक प्रयोगकर्तामैत्री पूर्वाधार र व्यवस्थित तथा सुरक्षित सार्वजनिक यातायातको माग गर्न प्रस्ताव दर्ता गरिएको हो।