१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १३:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ वर्षअघिको उधारो तिर्न आनाकानी, प्रधानाध्यापक कर्ण पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o६:oo

विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि करिब ६ वर्षअघि उधारोमा लिएको सिमेन्ट, रड, रंगलगायतका निर्माण सामग्रीको रकम भुक्तानी गर्न आनाकानी गरेको भन्दै प्रहरीले प्रधानाध्यापक मधुसुदन कर्णलाई पक्राउ गरेकाे छ। 

जिल्ला सदरमुकाम सिराहास्थित चन्द्र नमुना मावि (प्राविधिक)का प्रधानाध्यापक कर्ण ठगी मुद्दामा पक्राउ परेका हुन्। 

अदालतको आदेशमा सोमबार पक्राउ परेका कर्णविरुद्ध थप अनुसन्धानका लागि त्यही दिनदेखि लागू हुने गरी सात दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

सिराहा बजारस्थित नेपाल आइरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक सिराहा– ८ का रोशनकुमार यादवले उच्च अदालत जनकपुर, राजविराजमा ठगी मुद्दा दायर गरेपछि अदालतको आदेशको आधारमा कर्णलाई पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविचन्द्रराज पाण्डेले जानकारी दिए। 

‘अदालतको आदेशबमोजिम प्रधानाध्यापक कर्णलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘पक्राउपछि पहिलो चरणमा अदालतबाट सात दिनको म्याद थप गराइएको छ।’ 

विद्यालयको भौतिक निर्माणका लागि सप्लायर्सबाट सिमेन्ट, छड, तार, रङ तथा निर्माण सामग्री उधारोमा लगेर प्रधानाध्यापक कर्णले भुक्तानी दिन आलटाल गर्दै आएको सञ्चालक यादवको आरोप छ। 

उनका अनुसार ०७४ सालदेखि पटक–पटक गरी १७ लाख चार हजार पाँच सय ८१ रुपैयाँ चार पैसाबराबरको सामग्री लगेपछि बिल लिएर गएका कर्णले भुक्तानी दिन आलटाल गर्दै आएका थिए। 

रकम भुक्तानीका लागि पटक–पटक लिखित र मौखिक ताकेता गरेको भए पनि बेवास्ता गरेको गुनासो गर्दै उनले बाध्य भएर कानुनी प्रक्रियामा गएको बताए। 

‘विद्यालयलाई उधारोमा दिइएको भए पनि जरिवानामा परिने भएकाले निर्माण सामग्रीमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) समेत तिरेँ,’ उनले भने, ‘पछिल्लो ६ वर्षदेखि भुक्तानी माग्दा–माग्दा हैरान भएर अन्तिममा न्यायालयको ढोका ढकढक्याउन बाध्य भएको हुँ।’