१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकका ग्राहकले नेत्रालयमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३o:oo

एभरेष्ट बैंक लिमिटेड र कैलालीको धनगढी नेत्रालय प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहकले नेत्रालयको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हो ।  

सम्झौतामा बैंकका वरिष्ठ प्रबन्धक सतीश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यहरूले उक्त अस्पतालबाट ओपिडी तथा आइपिडी र चस्मा तथा फ्रेममा १० प्रतिशतसम्म साथै फार्मेसी तथा सर्जरी सेवामा ५ प्रतिशतसम्मको छुट पाउने उल्लेख छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्द सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा उपस्थित रहेको बैंकले जनाएको छ ।  हाल बैंकले देशभरमा एक सय २८ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक सय ६४ एटिएमका साथै ३२ वटा राजस्व संकलन केन्द्रमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad