१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ २३ मंगलबार २३:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सञ्चारमैत्री विधेयक ल्याउन महासंघको माग

Read Time : < 1 मिनेट
२०८० माघ २३ मंगलबार २३:२९:००

नेपाल पत्रकार महासंघले सञ्चार सम्वद्ध विधेयकहरू नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता र अभ्यासको आधारमा अघि बढाउन सरकारसँग माग गरेको छ । 

महासंघका पदाधिकारी तथा सदस्यको बैठकले सरकारले संसद्को चालू अधिवेशनमा सञ्चार विधेयक प्रस्तुत गर्ने तयारी गरेको विषयलाई सकारात्मक रूपमा लिएको जनाएको छ ।

विधेयक पेश गरिँदा महासंघसहितका सरोकारवाला पक्षसँगको व्यापक छलफल र परामर्श गरेर संसदीय प्रक्रियामा लैजान महासंघले माग गरेको छ । 

समग्र सञ्चार क्षेत्र नै आर्थिक संकटमा परेको वर्तमान अवस्थामा सञ्चार क्षेत्रलाई संरक्षण गर्ने नीति अवलम्बन गर्दै लोककल्याणकारी विज्ञापनको वृद्धि, समानुपातिक विज्ञापनको वितरण, सञ्चारमैत्री वातावरण निर्माण गर्न र न्यू मिडियालाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन वितरण गर्न पनि माग गरिएको छ ।
 
बैठकले महासंघको २७औँ महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारी तीब्रताका साथ अघि बढाउँदै केन्द्रीय समितिको बैठक यथाशीघ्र बोलाउने निणर्य गरेको छ । बैठकले महाधिवेशनको प्रयोजनका लागि सदस्यतासहित शाखा, प्रतिष्ठान, एसोसिएट र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने आवश्यक तयारी अघि बढाउने निणर्य गरेको छ । (रासस)