मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्ती आतंक नियन्त्रण गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले हात्ती आतंक नियन्त्रण गरी मानव–वन्यजन्तु द्वन्द्व कम गर्न सुझावसहित सरकारको ध्यानाकर्षण गराएको छ। रास्वपाकी सचेतक निशा डाँगीले वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोलाई मंगलबार ध्यानाकर्षण-पत्र बुझाएकी हुन्।

वन्यजन्तुमाथि मानव आक्रमण वा मानवमाथिको वन्यजन्तुको हमला दुवै खतराको संकेत रहेको औँल्याउँदै रास्वपाले मानव–वन्यजन्तुबीचको द्वन्द्वका घटनाको गाम्भीर्यतालाई यथाशीघ्र सम्बोधन गर्न माग गरेको छ।

मन्त्रीसहितको टोलीले तत्कालै हात्ती प्रभावित क्षेत्रको निरीक्षण गरी भत्किएका/काटिएका फेन्सिङ तारलगायतको मर्मत तथा आवश्यक स्थानमा नयाँ जडान गर्नुपर्ने माग गरिएकाे छ।

यसैगरी, आर्मीलाई जंगली जनावरको आतंक न्यूनीकरण गर्न तालिम दिई परिचालन गर्नुपर्ने, जनचेतनाका कार्यक्रम सञ्चालन गर्दै कक्षा १२ सम्मको पाठ्यक्रममा मानव–वन्यजन्तु सम्बन्ध सन्तुलित राख्ने विषय समावेश गर्न रास्वपाको सुझाव छ।

यो वर्ष हात्ती नियन्त्रणका लागि विनियोजन भएको बजेटको जानकारीसहित थप बजेटको व्यवस्था गर्दै हात्तीबाट पीडित परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया अत्यन्तै झन्झटिलो भएकाले राहत निर्देशिका संशोधन गरी स्थानीय सरकारमार्फत राहत दिन ध्यानाकर्षण गराइएको छ।