१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

दुई दिनमा अनुसन्धान सकेर उद्योगपति चौधरीलाई हाजिर जमानी छाड्न आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३५:oo

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगपति अरुण चौधरीसहित तीनजनालाई दुई दिनपछि हाजिर जमानीमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

नेपालप्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गत १८ माघमा अरुणसहित तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

उनीहरूविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद माग्दै सिआइबी जिल्ला अदालत काठमाडौं पुगेको थियो । अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले थप अनुसन्धानका लागि दुई दिनको म्याद त थप गर्‍यो । त्यसपछिको अनुसन्धान भने हाजिर जमानीमा राखेर गर्न आदेश दियो । 

सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले अरुणसहितका तीन अभियुक्तविरुद्ध अनुसन्धानका लागि दुई दिनको म्याद थप भएको र त्यसपछिको अनुसन्धान हाजिर जमानीमा राखेर गर्न आदेश भएको बताइन् ।

उनले भनिन्, ‘अरुणसहितको तीनजनालाई म्याद थप गर्न आज अदालत लगिएको थियो । उनीहरूविरुद्ध दुई दिनको म्याद थप भएको छ । त्यसपछिको अनुसन्धान भने हाजिर जमानीमा राखेर गर्न अदालतको आदेश छ ।’ सिआइबीले पक्राउ अभियुक्तविरुद्ध म्याद थप गर्न सोमबार अपराह्न अदालत लगेर गएको थियो । 

ad
ad