१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रेडिएन्टलाई एक्सेल्सियर कपमा दोहोरो उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४९:oo

रेडिएन्ट पब्लिकले १०औँ एक्सेल्सियर कपमा सिनियर पुरुष बास्केटबल र यू–१३ पुरुष फुटसलमा उपाधि जितेको छ । आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा सोमबार भएको सिनियर पुरुष बास्केटबल फाइनलमा रेडिएन्टले जेनिथलाई ५१–४४ ले पराजित गर्‍यो ।

रेडिएन्टका रोहित चौधरीले २८ स्कोरको योगदान गरे । यसैगरी, सिनियर महिला बास्केटबलको उपाधि भिडन्तमा काष्ठमण्डपले रिब्सलाई ३२–१५ ले हरायो । काष्ठमण्डपकी अमानी रेग्मीले १२ अंक स्कोर गरिन् । रोहित र अमानी आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर पुरुषमा निसर्ग वाटिका तथा महिलामा बोधिसत्व स्कुल अनुशासित टिम चुनिए ।

यसैगरी, यू–१२ पुरुष फुटसल मोडर्न इन्डियन स्कुल (एमआइएस), यू–१३ मा रेडियन्ट र यू–१६ मा न्यु एराले उपाधि जितेका छन् । यू–१२ को फाइनलमा एमआइएसले वृहस्पति विद्या सदनमाथि ६–१ को सहज जित दर्ता गर्‍यो । एमआइएसका द्वय रफिक महर्जन उत्कृष्ट खेलाडी भए । प्रसिद्ध आचार्य उत्कृष्ट गोलरक्षक बने । ल्यान्डमार्क एकेडेमीले अनुशासित टिमको उपाधि हात पार्‍यो । 

यू–१३ को फाइनलमा रेडिएन्टले काष्ठमण्डपलाई टाइब्रेकरमा २–० ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । रेडिएन्टका शुलभ गुरुङ उत्कृष्ट खेलाडी तथा रेडिएन्टकै प्रयास थापामगर उत्कृष्ट गोलरक्षक ठहरिए । यू–१६ को उपाधि भिडन्तमा न्यु एराले काष्ठमण्डपमाथि ४–१ को जित निकाल्यो । न्यु एराका आयुष मगरले दुई गोल गरेका थिए । न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी तथा न्यु एराकै सुवर्ण तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । बालदीक्षा सदन अनुशासित टिम बन्यो ।

ad
ad