एक किसान थिए, जो खेतबारीमा खुब मिहिनेत गर्थे । तर, कहिल्यै पनि पूरा बाली उठाउन पाउँदैनथे । कहिले असिना पथ्र्याे, कहिले आँधी आउँथ्यो । कहिले खडेरी त कहिले बाढी खेप्नुपथ्र्याे । यसकारण, उनी भगवान्सँग खुसी थिएनन् । उनले एक दिन बढो भावुक भएर भगवान्सँग भने, ‘म यति धेरै मिहिनेत गर्छु । तर, तपाईंले सबै गडबड गरिदिनुहुन्छ । जेनतेन दुई छाक खान पुग्नेजति मात्रै बाली बच्छ ।’ उनले भगवान्सँग प्रार्थना गर्दै भन्यो, ‘एक सालकै लागि भए पनि म जस्तो चाहन्छु, त्यस्तै मौसम दिनुहोस् प्रभु !’
भगवान्ले उसको प्रस्ताव स्वीकार गर्नुभयो । त्यो किसानले मौसमलाई आफ्नो अनुकूल राख्यो । चाहिएका वेला गर्मी बनायो । सिँचाइ गर्नुपर्दा पानी पा र्यो । बाढी, आँधी, खडेरी आउन दिएन । असिना त पर्नै दिएन । जब बाली पाक्यो र काट्ने वेला भयो, किसान एकदमै आश्चर्यमा प र्यो । किनकि, बालीमा दाना नै लागेको थिएन । उसले भगवान्सँग सोध्यो, ‘भगवान् ! तपाईंले यो के गर्नुभएको ?’
भगवान्ले उत्तर दिए, ‘तिमीले यसको देखभाल त निकै मिहिनेतसाथ ग र्यौ । तर, बालीलाई चाहिने हुरी बतास, पानी, असिना र तुफानजस्ता विपत्तिसँग लड्ने शक्ति भने दिएनौ । विपत्तिबाट मिल्ने ऊर्जाबाट नै त त्यो शक्ति विकास हुन्छ ।