१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० माघ २२ सोमबार २०:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भिरबाट लडेर एक पुरुषको मृत्यु

Read Time : < 1 मिनेट
२०८० माघ २२ सोमबार २०:४३:००

मकवानपुरको कैलाश गाउँपालिकामा भिरबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ। मकवानपुर प्रहरीका अनुसार आइतबार राति जिल्लाको कैलाश गाउँपालिका– ७ घर भएका अन्दाजी ५० वर्षका आइतराम चेपाङको भिरबाट लडेर मृत्यु भएको हो।

कैलाश गाउँपालिका– ३ स्थित कालिकाटार बजारबाट घरतर्फ फर्कने क्रममा आइतराम गोरेटो बाटोबाट अन्दाजी दुई सय मिटर तल भिरबाट खसेको प्रहरीले जनाएको छ।

स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी भार्ताबाट गएको प्रहरी टोलीले चेपाङको शव घटनास्थलबाट निकालेको थियो। शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।