Skip This
जुम्ला कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २२ सोमबार
  • Saturday, 27 July, 2024
२o८o माघ २२ सोमबार १६:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्ला कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २२ सोमबार १६:३५:oo

प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसको अवसरमा कैदीबन्दीलाई पुस्तक हस्तान्तरण गरिएको छ। जुम्ला कारागारमा रहेका कैदीबन्दीलाई पठन संस्कृतिको विकास र ज्ञान प्राप्तिका लागि सहज होस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको हो।

कैदीबन्दीलाई उत्प्रेरणा मिल्ने र कैद जीवनपछि समाजमा पुनर्स्थापित हुनसमेत ऊर्जा मिल्ने अपेक्षासहित पुस्तक हस्तान्तरण गरिएको प्रेस चौतारी जुम्लाका अध्यक्ष मानदत्त रावलले बताए।

उनले भने, ‘एकातिर विभिन्न लेखकद्वारा लेखिएका पुस्तकबाट ज्ञान प्राप्त हुने र अर्कोतिर सरकारको ‘कारागारमा पुस्तक अभियान’मा पनि सघाउ पुग्ने हाम्रो अपेक्षा हो।’

समाज, साहित्य, देशको राजनीतिक परिवेश, उद्यमशीलता, सकारात्मक सोचको विकास हुने खालका पुस्तक संकलन गरी हस्तान्तरण गरिएको रावलले जानकारी दिए। उनका अनुसार लेखकद्वारा लिखित ३९ प्रकारका ६६ थान पुस्तक हस्तान्तरण गरिएको हो।

कार्यक्रममा पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले स्थापना दिवसको शुभकामना दिँदै प्रेस चौतारी जुम्लाले पुस्तक हस्तान्तर मात्र नभई ज्ञान बाँड्ने  कार्यक्रम गरेकोमा प्रशंसा गरे। 

जुम्ला कारागारमा हाल एक सय ६ पुरुष र चार महिला गरी कुल एक सय १० कैदीबन्दी छन्।

कार्यक्रममा महासंघका पूर्वकेन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईं, प्रेस सेन्टरका अध्यक्ष विजय रावत, प्रेस युनियनका अध्यक्ष प्रकाश उपाध्यायलगायतको सहभागिता थियो।