१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ २१ आइतबार १८:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वसांसद इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवानाकाे सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ २१ आइतबार १८:०२:००

सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर भएका पूर्वसांसद एवं सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय तोकिएको छ।

७ माघमा सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका तामाङलाई आइतबार विशेष अदालतले तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवानाको सजाय सुनाएको हो। उनले सवा तीन अर्ब रुपैयाँभन्दा धेरै सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर छ।

इच्छाराजसँगै दोषी ठहर भएका उनकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठको पनि अदालतले सजाय निर्धारण गरेको छ।

सिर्जना शाक्यलाई एक अर्ब तीन ३ करोड रुपैयाँभन्दा बढी जरिवाना र १ वर्ष ६ महिना कैद तथा श्रेष्ठको हकमा २५ करोड ६५ लाख रुपैयाँभन्दा बढी जरिवाना र १ वर्ष ६ महिना कैद हुने ठहर भएको छ।

इच्छाराज तामाङ, सिर्जना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न विशेष अदालतले आदेश गरेको छ। इच्छाराजका छोरीहरू प्रतीक्षा र प्रतिष्ठाले अदालतबाट सफाइ पाइसकेका छन्।