१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अरुण चौधरीले बयानमा भने- नियमविपरीत भए जग्गा फिर्ता गर्छु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:५o:oo

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ। 

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरूले बयान लिएका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तर्गत नै बयान लिन थालिएको जानकारी दिए। 

उनले चार दिन म्याद थप भएकाले त्यही म्यादभित्र रहेर अनुसन्धान भइरहेको पनि बताए। बयानका क्रममा चौधरीले कानुनविपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएकाे एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) तीन महिनाको अनुसन्धानपछि बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीलगायत तीनजनालाई यही माघ १८ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा काठमाडौं महानगरपालिका- २६ का तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेड (पछि प्रालि बनाइएको) का सेयरधनी तथा सञ्चालक ६० वर्षका अरुणकुमार चौधरीसहित काठमाडौं महानगरपालिका- ९ बस्ने तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी अध्यक्ष ८० वर्षका अजितनारायणसिंह थापा, महोत्तरी घर भएका च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरी म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

उनीहरूलाई अनुसन्धान अधिकृतले क्रमैसँग बयान लिनेछन्। सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्यले भने, ‘पछिल्लो अवस्थामा प्रहरीले अनुसन्धान नगरीकन व्यावसायिक घरानालाई पक्राउ गरियो भन्ने कुराहरू आएको छ, यो लामो समयको अनुसन्धानपछि नै पक्राउ गरिएको हो।’ 
 

ad
ad