१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अरुण चौधरीको पक्राउबारे कुनै निर्णय भएको छैन : रमेश लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:२९:oo

कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले भाइ अरुण चौधरीको पक्राउबारे पार्टीको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसद चौधरीले पार्टीको ध्यानाकर्षण गराएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले भने, ‘माननीय विनोद चौधरीले अरुण चौधरीको पक्राउका विषयमा ध्यानाकर्षण गराउनुभएको छ। सांसदहरूले उहाँको कुरा सुन्नुभएको छ। यसबारे कुनै निर्णय भएको छैन।’ 

राजनीतिक दलले आगामी हिउँदे अधिवेशनका रणनीति निर्माण गर्न संसदीय दलको बैठक राखेका छन्। २२ माघबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ। 
 

ad
ad