१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

घलेगाउँ चिनाउन प्रेम घलेले लेखे ‘घलेगाउँको कथा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:o३:oo

लमजुङको क्व्होंलासोथार गाउँपालिका– ३ स्थित घलेगाउँलाई पर्यटकीय गन्तव्य बनाउन अभियान सुरु गर्न स्थानीय प्रेम घलेले ‘घलेगाउँको कथा’ लेखेका छन्।

घलेगाउँको समृद्धिको यात्रामा भएका प्रयास र पहलहरूको अनुभवलाई समेटेर घलेले ‘घलेगाउँको कथा’ पुस्तक बजारमा ल्याएका हुन्।

घलेगाउँको पर्यटन प्रवर्द्धनसँगै नेपालको उत्कृष्ट होमस्टे, दक्षिण एसियाकै नमुना गाउँ हुँदै स्मार्ट भिलेज र सुखी घलेगाउँ घोषणासम्मका नेतृत्वकर्ता प्रेम घलेको अनुभवको संगालो ‘घलेगाउँको कथा’ पहिलो चरणमा एक हजार प्रति प्रकाशन भएको छ। प्रकाशित पुस्तकको औपचारिक विमोचन हुन बाँकी रहे पनि बजारमा बिक्री–वितरण भने सुरु भइसकेको छ।

पर्यटकीय दृष्टिमा उत्कृष्ट गन्तव्य बनेको घलेगाउँ कसरी समृद्ध भयो भन्ने विषयमा आत्मकथा शैलीमा पुस्तक लेखिएको छ। पुस्तकमा घलेगाउँको इतिहास, स्थानीय संस्कार संस्कृति, गाउँलाई पर्यटकीय गन्तव्य बनाउन भएका प्रयास, सरोकारवालाहरूको सहयोग, गाउँको विकासका निम्ति व्यक्तिले झेल्नुपरेका चुनौतीलगायतका विषयलाई पुस्तकमा समेटिएको छ।

घलेले पुस्तकमा आफ्नो बाल्यकाल, रोधीघर, लाहुरेको कथा, डा. हर्क गुरुङ र विगतका निर्वाचनको विषयवस्तुलगायत करिब ६ दशकका व्यक्तिगत अनुभव र विषयलाई उतारेका छन्।

ग्रामीण पर्यटन प्रवर्द्धनका निम्ति यसअघि घलेगाउँले महोत्सव, म्युजिक भिडियो निर्माण, गोष्ठी आयोजना गर्दै आए पनि लिखित दस्ताबेजका रूपमा पहिलोपटक पुस्तक प्रकाशन गरिएको हो। घलेगाउँको थप प्रचारप्रसारका लागि पुस्तक थप उपयोगी हुने लेखक घलेको विश्वास छ। पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँले पुस्तक प्रकाशनमा भूमिका निर्वाह गरेको छ।

ad
ad