१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले बंगलादेशलाई दियो १७० रनको सामान्य लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई एक सय ७० रनको लक्ष्य दिएको छ। 

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६९ रन बनाएको हो। 

नेपालले पावर प्लेमा नै ३ विकेट गुमायो। नेपालका लागि विशालविक्रम केसीले १ सय बलमा ६ चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए। 

चौथो विकेटका लागि कप्तान देव र विशालविक्रम केसीले ६२ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासेका थिए। तर, साझेदारी पनि लामो समय टिक्न सकेन। कप्तान देव खनाल ३५ रन बनाउँदै क्याचआउट भए। 

ओपनर अर्जुन कुमालले १४ रन थपे। २६ बलमा २ चौका हानेका अर्जुन रोहनतकै बलमा क्याचआउट भए। दुर्गेश गुप्ता ९ रनमा क्याचआउट भए।

अन्तिम विकेटका लागि सुवास दुर्गेशले २७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्थानमा पुर्‍याउन सफल भए। सुवास भण्डारी १८ रनमा अविजित रहे। 

अलराउन्डर गुल्सन झा आज पनि चल्न सकेनन्। गुल्सन, आकाश, दीपक बोहोरा र दीपेश कँडेलले समान ३ रन बनाएर आउट भए। बंगलादेशका लागि रोहनतले चार र शेख जिबोनले तीन विकेट लिए। यस्तै  इकवाल, मरुफ र जिसानले समान एक विकेट लिए। 

नेपाल समूह ‘डी’को तेस्रो तथा बंगलादेश समूह ‘ए’को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा छानिएका हुन्। नेपालका लागि भने सुपर सिक्सको खेल औपचारिकतामै सीमित बन्न पुगेको छ। 

सुपर सिक्सको यो समूहमा रहेका भारत र पाकिस्तानले हिजो भएको खेल जितेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल कुनै पनि अंक नलिई सुपर सिक्समा गएको हो। नेपालले सुपर सिक्समा बंगलादेश र भारतसँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल जित्दा पनि नेपालको जम्मा चार अंक हुने भएकाले प्रतियोगिताबाट नेपाल बाहिरिएको हो। 

सुपर सिक्समा पुग्दा भारत र पाकिस्तान भने चार–चार अंक लिएर गएका थिए भने नेपाल विनाअंक पुगेको हो। समूह चरणमा आफूले हराएको टिम सुपर सिक्समा प्रवेश गरेको अवस्थामा प्रत्येक टिमबापत दुई अंक प्राप्त गर्ने प्रावधान हुन्छ।

त्यही प्रावधानका कारण भारत र पाकिस्तानले चार चार अंक पाएका हुन्। नेपालले भने समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई हराएको थियो। तर, अफगानिस्तान सुपर सिक्समा प्रवेश नगरेकाले नेपाल अंकविहीन भएको हो।