१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी बिहार
२o८१ बैशाख २१ शुक्रबार १o:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

बिहारमा सत्ताको दाउपेच : गठबन्धन फेरेर नितीश कुमार फेरि मुख्यमन्त्री

Read Time : > 1 मिनेट
एजेन्सी, बिहार
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४७:oo

बिहारमा नितीश कुमार नवौँपटक मुख्यमन्त्री नियुक्त भएका छन् । नितीशले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए, तर भारतीय जनता पार्टी (भाजपा)सँग गठबन्धन गरेर आइतबारै पुनः मुख्यमन्त्रीको शपथग्रहण लिएका हुन् । राजीनामापछि उनले आफ्नो पार्टी जनता दल युनाइटेड (जेडियु) महागठबन्धनबाट अलग भएको घोषणा गरेका थिए । 

बिहारमा राष्ट्रिय जनता दल (आरजेडी), भारतीय राष्ट्रिय कांग्रेस र वाम दलहरू सम्मिलत महागठबन्धनमा जेडियू आबद्ध थियो । नितीश कहिले नेसनल डेमोक्रेटिक अलाएन्स (एनडिए) त कहिले महागठबन्धनको पल्लामा जाने गरेका छन् । डेढ वर्षअघि नितीशले भाजपा नेतृत्वको एनडिएसँगको सम्बन्ध तोड्दै महागठबन्धन बनाएका थिए । भारतमा यसै वर्ष आमनिर्वाचन हुँदै छ र चुनावअघि अनेकौँ दाउपेच भइरहेका छन् । 

नितीशले आइतबार नै राष्ट्रिय जनता दलबाट बनेका मन्त्रीहरूको स्थानमा भाजपाका नेताहरूलाई मन्त्री बनाएका छन् । पार्टीका नेताहरू सम्राट चौधरी, विजय सिन्हालगायतले राजभवनमा नितीशसँगै शपथ लिएका छन् । त्यसअघि उनले बिहारको राजभवनमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर राजीनामापत्र बुझाएका थिए । उनले पार्टीको रायका आधारमा महागठबन्धनबाट अलग हुने निर्णय गरेको बताएका थिए ।

‘हामीले राज्यमा महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गरेका छौँ,’ राजभवनमा राज्यपाललाई भेटेर नितीशले भनेका थिए, ‘आज मैले पदबाट राजीनामा दिएको छु । हामीले पार्टीको र जनताको कुरा सुनेर सरकार अन्त्य गर्ने घोषणा ग¥यौँ। हामी आज गठबन्धनबाट अलग भयौँ । ’ एक दशकमा ७२ वर्षीय नितीशले क्याम्प परिवर्तन गरेको यो पाँचौँपटक हो । 
आइतबार फेरि एनडिए क्याम्पमा सामेल हुँदा उनले विपक्षी ब्लकसँगको आफ्नो निराशालाई यसरी पोखे, ‘हामीले बनाएको नयाँ गठबन्धन (अगस्ट २०२२ मा) राम्रो अवस्थामा छैन । अवस्था राम्रो देखिँदैन ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ सरकारलाई बधाई दिएका छन् । ‘बिहारमा गठन भएको एनडिए सरकारले राज्यको विकास र जनताको आकांक्षा पूरा गर्न कुनै कसर बाँकी राख्नेछैन । म नितीश कुमारलाई मुख्यमन्त्रीको रूपमा र सम्राट चौधरी र विजय सिन्हालाई उपमुख्यमन्त्रीको रूपमा शपथ लिएकोमा बधाई दिन्छु । म विश्वस्त छु कि यो टोलीले पूर्ण समर्पणका साथ सेवा गर्नेछ,’ मोदीले भनेका छन् ।

२४३ सदस्यीय बिहार विधान सभामा ७९ सिटसहित आरजेडी सबैभन्दा ठूलो दल हो भने भाजपा ७८ दलसहित दोस्रो ठूलो दल हो । त्यस्तै नितीश कुमारको जनता दल युनाइटेड ४५ सिटसहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, भारतीय राष्ट्रिय कांग्रेसको १९ सिट छ भने बाँकी सिटमा अन्य दल रहेका छन् ।
 

ad
ad