१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ १४ आइतबार १६:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिसमक्ष आयोगले बुझायो राष्ट्रिय सभा निर्वाचन प्रतिवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ १४ आइतबार १६:४६:००

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले ११ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपतिभवन शीतलनिवासमा आइतबार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको प्रतिवेदन पेस गरेका छन्।

सो अवसरमा राष्ट्रपति पौडेलले आचारसंहितालगायतका विषयमा राजनीतिक दलहरूसँग छलफल गरी निर्वाचन आयोगले निर्वाचनलाई अझ स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष बनाउन आवश्यक रहेको बताए।

२० फागुनदेखि राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल समाप्त भएर रिक्त २० सिटमध्ये १९ सिटका लागि ११ माघमा निर्वाचन सम्पन्न भएको थियो।