१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o८:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भुटानको पारोलाई हराउँदै थ्री स्टार सेमिफाइलनमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:o५:oo

अतिरिक्त समयको अन्तिम ६ मिनेटमा आशिष चापागाईंले दुई गोल गरेपछि थ्री स्टार क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा थ्री स्टारले भुटानको लिग च्याम्पियन पारो एफसीलाई २–० ले पराजित गरेको हो । फाइनल प्रवेशका लागि थ्री स्टारले जाउलाखेल युथ र मनाङ मस्र्याङदी क्लबबीचको विजेतासँग १५ माघमा खेल्नेछ । यसअघि थ्री स्टारले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–१ ले पाखा लगाएको थियो । २३औँ संस्करणसम्म आइपुग्दा थ्री स्टारले पाँचपटक उपाधि हात पारिसकेको छ । पहिलोपटक सहभागी भएको पाहुना टोली पारो भने अघि बढ्न सकेन । 

जितपछि थ्री स्टारका प्रशिक्षक विक्रम लामाले पारोविरुद्ध ९० मिनेटमै जितको अपेक्षा नराखेको बताए । ‘भुटानमा लिग खेलेर आएकाले ९० मिनेटमा नै जित्छौँजस्तो लागेको थिएन । तर, पहिलो खेलभन्दा पारोविरुद्ध राम्रो भयो । जित्यौैँ पनि ।’ पूर्वरक्षक लामाले भने, ‘खेलाडीले मिहिनेत गरेका छन् । अर्को खेलमा अझ राम्रो खेल्नेछौँ ।’ पारोका प्रशिक्षक पुष्पलाल शर्माले टोलीले प्राकृतिक मैदानमा खेलेको अनुभव नभएकाले कृत्रिम मैदानको तुलनामा केही असहज भएको बताए । ‘हामीले कृत्रिम मैदानमा खेल्दै आएका थियौँ । दुबोमा खेल्न असजह भयो,’ उनले भेन, ‘त्यसैले सोचेअनुसारको प्रदर्शन गर्न सकेनौँ । नेपालमा हामी अनुभव लिन आएका हौँ ।’ 

पोखरा रंगशालामा निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त ३० मिनेटमा धकेलिएको थियो । थपिएको पहिलो १५ मिनेट पनि गोलरहित बराबरीमा सकिएको थियो । बाँकी १५ मिनेटमा भने आशिष चम्किएपछि थ्री स्टारले जित निकालेको हो । खेलको ११४औँ मिनेटमा आशिषले पहिलो गोल गरे । पारोको रक्षकले गरेको गल्ती फाइदा उठाउँदै आशिषले सिक्स यार्ड भित्रबाट उत्कृष्ट गोल गरे । खेलको ११९औँ मिनेटमा आशिषले दोस्रो गोल गरे । गोल फर्काउन आक्रामक बनेको पारोको गोलकिपर समेत अगाडी बढेको अवस्थामा आशिषले २५ यार्ड नजिक बल पाए । खाली पोस्टमा उनले करिब २५ यार्डबाट हानेको प्रहार सीधै जाली चुमेपछि थ्री स्टारले २–० को अग्रता बनायो ।

ad
ad