
काेशी प्रदेशमा सत्तागठबन्धनका तीन मतदाताले फ्लोरक्रस गर्दा विपक्षी गठबन्धनकाे एमालेकी रुक्मिणी कोइराला राष्ट्रिय सभा सदस्यमा विजयी भएकी छिन्।
महिलातर्फबाट कोइरालाले सत्तागठबन्धनकी चम्पादेवी कार्कीलाई हराउँदै विजयी भएकी हुन्। कोइरालाले पाँच हजार ८६ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी सत्तागठबन्धनकी कार्कीले चार हजार एक सय ९२ मत प्राप्त गरेकी छिन्।
२० फागुनदेखि रिक्त हुने दुई पदका लागि कोशीमा चार उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
सत्तागठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रकी चम्पादेवी कार्की तथा विपक्षी गठबन्धनबाट एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धव पौडेल उम्मेदवार थिए।
बाँकी उम्मेदवारको मतगणना भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।