१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार ११:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कोशीमा दुई सिटका लागि राष्ट्रिय सभाको निर्वाचन, चारजना उम्मेवार चुनावी प्रतिस्पर्धामा

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१९:oo

कोशी प्रदेशमा दुई सिटका लागि आज राष्ट्रिय  सभा  सदस्य पदको निर्वाचन हुँदै छ । २० फागुनदेखि रिक्त हुने दुई पदका लागि चारजना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दै छन्।  कांग्रेस र माओवादी केन्द्रको अनि एमाले राप्रपा अलग–अलग गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । 

कांग्रेसका कृष्णप्रसाद सिटौला र माआवादी केन्द्रकी चम्पा कार्की सत्तागठबन्धनको उम्मेदवार छन् । यता एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धव पौडेल विपक्षी गठबन्धनको उम्मेवार छन् । कोशीमा २० फागुनदेखि अन्यतर्फ नेपाली कांग्रेसका रमेशजंग रायमाझी र नेकपा माओवादी केन्द्रका विना पोखरेलको स्थानमा निर्वाचन हुन लागेको हो  ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने राष्ट्रिय सभा निर्वाचनमा कोशीमा कुल तीन सय ६७ जना मतदाता छन् । जसमध्ये ९३ जना प्रदेश सभा सदस्य हुन् भने  एक सय ३७ पालिकाका प्रमुख र उपप्रमुख गरी दुई सय ७४ जना मतदाता छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ ।

कोशीको ९३ सदस्यीय प्रदेश सभामा एमालेका ४० सांसद छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् । कांग्रेसका प्रमुख–उपप्रमुख एक सय १३, एमालेका एक सय १२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका सात, जनता समाजवादी र राप्रपाका चार–चार र स्वतन्त्र तीनजना छन् ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार चार हजार दुई सय ४८, कांग्रेसको तीन हजार ६ सय ८४, माओवादी केन्द्रको एक हजार दुई सय ७८, राप्रपाको तीन सय ९४, नेकपा एकीकृत समाजवादीको तीन सय ४५, जसपाको एक सय २९ र स्वतन्त्रको ५७ मतभार छ । कोशीमा र सत्तागठबन्धनसँग पाँच हजार चार सय ३६ र एमाले–राप्रपाको मतभार चार हजार ६ सय ४२ छ ।

ad
ad