Skip This
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : आर्मीको चौथो जित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o६:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : आर्मीको चौथो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:५४:oo

विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ । आर्मीले लुम्बिनी प्रदेशलाई ६५ रनले पराजित गर्दै चौथो जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबार खराब मौसमका कारण खेल २६ ओभरमा झारिएको थियो । पहिलो ब्याटिङ गर्दै आर्मीले लुम्बिनीलाई १७१ रनको लक्ष्य दियो । प्रत्युत्तरमा लुम्बिनीले आठ विकेट गुमाएर १०५ रन बनायो । जितसँगै आर्मी ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । लुम्बिनी एक जितका साथ नवौँ स्थानमा छ ।

आर्मीका लागि इमरान शेखले अर्धशतकीय इनिङ्स खेले । आर्मीले २६ ओभरमा सात विकेट गुमाउँदै १७० रन बनाएको थियो । आर्मीका ओपनर इमरानले ७० बलमा सात चौका र एक छक्कसहित अविजित ६७ रन बनाए । इमरानलाई कप्तान विनोद भण्डारीले २५ बलमा ३४ रन जोड्दै राम्रो साथ दिए । विनोदले चार चौका र एक छक्का प्रहार गरे । भीम सार्कीले ४० बलमा एक चौका र एक छक्काको सहयोगमा २४ रन जोडे । लुम्बिनीका नर सार्की र मोहम्मद हुसेनले समान दुई विकेट लिएका थिए ।

सहज लक्ष्य पछ्याउँदा लुम्बिनीको ब्याटिङ राम्रो हुन सकेन । लुम्बिनीका कृष्ण कार्कीले अविजित ३५ रन जोडे । मिलन गुरुङले १८, मोहम्मद हुसेनले १५ र अभिषेक गौतमले अविजित ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीका कुशल मल्लले ६ ओभरमा ११ रन खर्चेर सर्वाधिक चार विकेट लिए । सोमपाल कामीले दुई विकेट लिए । अभिनाश कर्ण र साहव आलमको नाममा समान एक विकेट रह्यो । 

कोशी आठ खेलसम्म जितविहीन
 कोशीले लगातार खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । कोशी लगातार आठ खेलमा पराजित भएको छ । कोशी त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमसँग आठ विकेटले पराजित भयो । कोशी तालिकाको पुछारमा छ । पाँच खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको छ । कोशीले ३२ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाउन सक्यो । प्रत्युत्तरमा सुदूरपश्चिमले २१.१ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । सुदूरपश्चिमका नरेन भट्टले अर्धशतकीय इनिङ्स खेले । उनले ४९ बलमा सात चौकाको मद्दतले अविजित ५४ रन बनाए । प्रकाश पाण्डे अविजित ३४ र कप्तान राजु रिजालले २१ रनको योगदान दिए । 

तेस्रो विकेटका लागि नरेन र प्रकाशले अविजित ८६ रनको साझेदारी गरेपछि सुदूरपश्चिम बलियो स्थितिमा पुगेको थियोे । कोशीका लागि दुवै विकेट फिर्दाेस अन्सारीले लिएका हुन् । कोशीका लागि मिनाश थापाले २६ र कप्तान अंकित तिवारीले २२ रन जोडे । सुदूरपश्चिमका शेर मल्लले ६ ओभरमा एक मेडनसहित २८ रन खर्चिएर पाँच विकेट लिए । 

पुलिसको लगातार पाँचौँ जित
उपाधि दाबेदार नेपाल पुलिस क्लब लगातार पाँचौँ खेलसम्म अपराजित रहेको छ । मूलपानी मैदानमा पुलिसले मधेशमाथि ६ विकेटको जित निकालेको हो । मधेशले पहिलो ब्याटिङ गरी २४ ओभरमा अल आउट हुँदै मात्र ९६ रन बनायो । प्रत्युत्तरमा पुलिसले चार विकेट गुमाउँदै १८.३ ओभरमा लक्ष्य पूरा ग¥यो । पुलिसका सागर ढकालले पाँच विकेट लिए । 

ad
ad