१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १o:४७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भरतपुर भ्रमण वर्षको तयारी तीव्र, मुख्य गन्तव्य निकुञ्ज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४७:oo

चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ का लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षका लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पनि तयारी तीव्र पारिएको हो ।चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीसहजारी तालमा सरसफाइको काम भइसकेको छ ।

भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जिप सफारीका पुराना रुटमा पनि सरसफाइ गरिसकेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीले पर्यटकीयस्थलमा नक्सा (म्याप) राख्ने काम पनि गरिएको जानकारी दिए । निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसे मैदानलाई पनि व्यवस्थित बनाउने निकुञ्जको वार्षिक कार्यक्रमअनुसार अगाडि बढाइएको सूचना अधिकारी तिवारीले बताए ।

मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेशद्वारलाई शृंगार गर्ने काम गरिएको छ भने निकुञ्जको हेटक्वार्टर कसरामा सरसफाइ र रङ–रोगनको कार्य भएको छ । भ्रमण वर्षमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्ने गरी व्यवस्था मिलाइएको छ ।

भ्रमण वर्षमा भरतपुर आउने प्रकृति पर्यटकलाई निकुञ्जभित्र हुने पर्यटन गतिविधिलाई सहज बनाउन मिल्ने कामलाई तीव्रता दिएको तिवारीको भनाइ छ । निकुञ्ज जिप तथा हात्ती सफारीका लागि प्रख्यात मानिन्छ ।यस्तै, भरतपुर–६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ राख्न मिल्ने गरी बनाइएको केजको निर्माण कार्य पनि पूरा भएको निकुञ्जले जनाएको छ । उद्धार केन्द्रकै कम्पाउन्डमा गैँडालाई राख्न मिल्ने गरी तारबारको काम पनि अहिले भइरहेको छ । निकुञ्ज घुम्न आउने पर्यटकले पाटे बाघ र गैँडा देख्न नपाएको खण्डमा सहज तरिकाबाट देखाउने उद्देश्यले चिडियाघर शैलीमा उद्धार केन्द्रलाई निर्माण गरिएको हो । 

निकुञ्जमा समय र परिस्थिति नमिलेको अवस्थामा वन्यजन्तु नदेखिने सम्भावना रहन्छ । पर्यटकलाई बाघ र गैँडा अवलोकन गराउन केभभित्र बाघ राख्ने तयारी गरिएको हो । फागुनको पहिलो साता बाघलाई केभमा राख्ने निकुञ्जको तयारी छ ।  निकुञ्जले टिकटलाई अनलाइन र डिजिटल बनाउने सम्बन्धमा निकुञ्ज विभागलाई पत्रचार गरेको छ । भ्रमण वर्षमा पर्यटकको चाप वृद्धि हुने र टिकट काट्न असहज हुने अनुमानका साथ टिकट प्रणालीलाई अनलाइन बनाउने पहल भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए ।