Skip This
छोराको स्मृतिमा अनाथालयमा धारा जडान गरी अक्षयकोष स्थापना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ९ मंगलबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o माघ ९ मंगलबार १२:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छोराको स्मृतिमा अनाथालयमा धारा जडान गरी अक्षयकोष स्थापना

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o माघ ९ मंगलबार १२:४७:oo

कञ्चनपुरकाे एक परिवारले छोराको स्मृतिमा अनाथालयमा धारा जडान गरिदिएको छ। बेदकोट नगरपालिका– ९ सुन्दरपुरका विष्णु खत्री र नन्दा खत्रीको परिवारले अनाथालयमा खानेपानीको धारा जडान गरिदिएका हाे।

खत्री परिवारले भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरको समाज कल्याण अञ्चल बाल अनाथालयमा खानेपानीको धारा जडान गरिदिएकाे हाे। सुन्दरपुरका बासिन्दा विष्णु खत्रीले छोरा अर्जुन खत्रीको स्मृतिमा ‘अर्जुन खत्री स्मृति जलधारा’ जडान गरिदिएको बताए। अर्जुनको २४ वर्षको उमेरमा ०७५ सालमा निधन भएको थियो।

छोराकै स्मृतिमा खत्रीदम्पतीले अनाथ बालबालिकालाई शुद्ध खानेपानी पिउनका लागि धारा जडानसँगै खानेपानीको शुल्क तिर्नका लागि एक लाख रुपैयाँबराबरको अक्षयकोषसमेत स्थापना गरेका छन्।