१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २९ शनिबार o८:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट, एकै खेलमा दुई शतक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o८:१८:oo

पिएम कपको २१औँ खेलमा सुदूरपश्चिमका नरेन भट्टले एक सय २१ रन र मधेशका मायान यादवले एक सय १५ रनको शतकीय इनिङ्स खेले

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिताको एकै दिन दुई शतक बनेका छन् । प्रतियोगिताको २१औँ खेलमा सोमबार मधेशले सुदूरपश्चिमलाई ८० रनले हराउँदा दुई शतक बनेका हुन् । मधेशका मायान यादव र सुदूरपश्चिमका नरेन भट्टले शतकीय इनिङ्स खेलेका हुन् । पिएम कपमा पहिलोपटक एकै खेलमा दुई शतक बन्यो । पहिलो ब्याटिङ गरेको मधेशले मायानको शतकको सहयोगमा ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय १९ रन बनाएको थियो । प्रत्युत्तरमा सुदूरपश्चिम ४४.५ ओभरमा अलआउट हुँदा दुई सय ३९ रन मात्रै बनायो । सुदूरपश्चिमले प्रतियोगितामा पहिलो हार व्यहोरेको छ । यो हारसँगै सुदूरपश्चिम चौथो स्थानमा झर्‍यो । सुदूरपश्चिमले चार खेलमा तीन जितसहित ६ अंक जोडेको छ । मधेश ६ खेलबाट आठ अंकसहित तेस्रो स्थानमा उक्लियो ।  

नरेनको पहिलो शतक 
सुदूरपश्चिमका नरेनले मधेशविरुद्ध एक सय २१ रनको योगदान दिए । उनले एक सय २२ बलमा १३ चौका र एक छक्का हिर्काए । सुदूरपश्चिमका नारायण जोशीले २६ रन, किरन ठगुन्नाले २० रन, नरेन साउदले १८ रनको योगदान गरे । बलिङतर्फ मधेशका राजेश यादव र प्रदीप पासवानले समान तीन विकेट लिए । रञ्जित कुमारले एक विकेट हात पार्न सफल रहे । नरेनले टोलीमा भूमिकाअनुसार खेले पनि राम्रो साझेदारी हुन नसकेको बताए । ‘हामीले सोचेजस्तो साझेदारी बनाउन सकेनौँ, यसैकारण हामी खेल हार्‍यौँ,’ नरेनले भने, ‘मैले पाएको भूमिकाअनुसार खेलेँ, मलाई सुरुदेखि अन्तिमसम्म खेल्न भूमिका दिएको थियो ।’  

दुई शतकीय साझेदारी 
मधेशको ब्याटिङ इनिङ्समा दुई शतकीय साझेदारी भएको थियो । मायानले एक सय १५ रन जोड्न एक सय २८ बलमा आठ चौका र दुई छक्का प्रहार गरेका थिए । जनकपुरका १६ वर्षीय मायानको यो प्रतियोगिताकै पहिलो शतक हो । मधेशका पावन सर्राफले ७० रन जोडे । अनिल शाहले ६९ रन बनाए । दोस्रो विकेटका लागि अनिल र मायानले एक सय ६ रनको साझेदारी गरेका थिए । पवन र मायानले तेस्रो विकेट निमित्त एक सय २७ रनको शतकीय साझेदारी गर्न सफल भए । 

ad
ad