१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १५:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अयोध्याको राम मन्दिरमा प्राणप्रतिष्ठा, मोदीले भने- नयाँ कालचक्र सुरु भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १५:४६:oo

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशको अयोध्यामा निर्मित राम मन्दिरमा रामको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा गरेका छन् ।

अयोध्यामा आज आयोजित विशेष समारोहमा रामलला (बाल्यकालीन राम)को मूर्ति प्राणप्रतिष्ठा भएको हो । प्राणप्रतिष्ठामा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रमुख डा. मोहन भागवत, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तरप्रदेशका राज्यपाल आनन्दीवेन पटेल पनि सहभागी थिए ।

अयोध्यामा आयोजित कार्यक्रममा नेपालसहित विश्वभरबाट साधुसन्तलाई निमन्त्रणा गरिएको थियो । हिन्दूधर्मका विभिन्न सम्प्रदाय, मुस्लिम र क्रिश्चियन धर्मका अगुवा गरी सात हजारजना प्राणप्रतिष्ठामा सहभागी भएका थिए ।

राम मन्दिरपरिसरमा साधुसन्तलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले मन्दिरको प्राणप्रतिष्ठालाई नयाँ कालचक्रको उदभव भनेका छन् ।

‘जनवरी २२ क्यालेन्डरको एउटा मिति मात्र होइन, नयाँ कालचक्रको उदभव हो । मानिसहरूले अबको हजारौँ वर्षपछि पनि यो क्षण र यो मितिको चर्चा र सम्झना गरिरहनेछन्,’ मोदीले भने । उनले प्राणप्रतिष्ठा भएको क्षणलाई विजयको क्षण नभई विनयको क्षण रहेको पनि व्याख्या गरे ।

‘आज भारतीय समाजको परिपक्वताको क्षण हो । यो सामान्य समय होइन, नयाँ कालचक्र लामो समयसम्म रहने अमिट स्मृति रेखा हो,’ उनले भने । उनले राम भारतीयहरूको मात्र नभएर सबैको रहेको तथा वर्तमानका लागि मात्र नभएर युगौँसम्मका लागि भएको पनि बताए ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यालाई आधुनिक स्थान बनाउने उद्घोष गरे । ‘यहाँको विकासमा हजारौँ करोड खर्च हुनेछ । अयोध्यालाई आधुनिक नगरी बनाइनेछ,’ योगीले भने ।

ad
ad