१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार १४:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चन्द्रमामा ल्यान्डरको ब्याट्री रिचार्ज गर्न सकिने सम्भावना बढेको जाक्साको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १४:२१:oo

जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा)’ ले सोमबार जनाएको छ । 

जाक्साले भनेको छ, ‘टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिम दिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउँमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ ।’
 
जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा समस्या आएका कारण जापानले ‘मुन स्निपर’ चन्द्रमामा अवतरण गरेको करिब तीन घन्टापछि मुन ल्यान्डरलाई बन्द गरेको थियो । 

जापानको अन्तरिक्ष यानको मिसनलाई ‘मुन स्निपर’ नाम दिइएको छ । यसको सटिक अवतरण क्षमताले जापानलाई चन्द्रमामा सफलतापूर्ण रूपमा पुग्ने पाँचौँ देश बनाएको हो । मध्यरातमा अवतरणपछिको २० मिनेटको अन्तरालमा जाक्साले यानको सोलार ब्याट्रीले विद्युत् उत्पादन नगरेको बताइएको थियो । 

‘हामीले चन्द्रमाको सतहमा अवतरणका क्रममा प्राप्त प्राविधिक र तस्बिरको संकलन प्रसारण शक्ति बन्द हुनुभन्दा पहिले पूरा गर्न सफल भइसकेका छौँ,’ जाक्साले भनेको छ, ‘धेरै तथ्यांक प्राप्त भएको पुष्टि भएपछि हामी राहत महसुस गरिरहेका छौँ र उत्साहित हुन थालेका छौँ,’ जाक्साले भनेको छ । 

जाक्साले यस मिसनको नतिजा र स्लिम क्राफ्टको स्थितिबारे यसै हप्ता थप घोषणा गर्ने तयारी गरिरहेको बताएको छ । ‘अवतरणपछिको मुद्रा योजनाअनुसार भएन, तर हामी धेरै परिणामहरू प्राप्त गर्न सक्षम हुन सक्छौँ र हामी खुसी छौँ कि अवतरण सफल भयो,’ उसले भनेको छ ।

चन्द्रमामा पहिलोपटक अवतरण गरेको ५० वर्षपछि सरकार र निजी कम्पनीहरूले प्रक्षेपण गरेका थुप्रै नयाँ चन्द्र अभियानहरूमध्ये स्लिम पनि एक हो । दुर्घटनाग्रस्त अवतरण र सञ्चार विफलताहरू व्याप्त छन् । यसअघि अमेरिका, तत्कालीन सोभियत संघ, चीन र भारत चन्द्रमामा पुगेका छन् ।
 

ad
ad