१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
photo : CAN
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २o:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

न्युजिल्यान्डविरुद्ध अर्जुनले बनाए अर्धशतक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:o४:oo

आइसिसी यू–१९ एकदिवसीय विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डले दिएको तीन सय तीन रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले ब्याटिङमा खराब प्रदर्शन गरिरहेको छ। 

नेपालले २१औँ ओभरभित्र पाँच ब्याटर गुमाइसकेको छ। यस्तोमा नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक प्रहार गरेका छन्। न्युजिल्यान्डको धारिलो बलिङविरुद्ध अर्जुन एक इन्डबाट डटिरहेका छन्। अर्को इन्डबाट भने लगातार विकेट गुमाएपछि नेपाल ठूलो दबाबमा परेको छ। 

ओपनर दीपक बोहरालाई शून्य रनमै गुमाएको नेपालले टिमको स्कोर १८ रन हुँदा व्यक्तिगत दुई रन बनाएका आकाश त्रिपाठीलाई पनि गुमाउन पुग्यो। त्यसपछि अर्जुन र कप्तान देव खनालले ५९ रनको साझेदारी गर्दै टिमलाई संकटबाट उकास्ने प्रयास गरेका थिए। तर, देव ३४ बलमा ३६ रन बनाएर आउट भएपछि नेपाल पुनः धर्मराउन पुग्यो। 

लगत्तै, विकेटकिपर ब्याटर उत्तम मगर शून्य रनमै आउट भए भने सिनियर टिमका नियमित सदस्य रहेका अलराउन्डर गुल्सन पनि केवल दुई रनमै आउट हुन पुगे। अहिले क्रिजमा अर्जुनसँगै अलराउन्डर दीपक बोहरा छन्। यी दुईबीच २३ रनको साझेदारी बनिसकेको छ। 

२६ओभरको खेल सकिँदा नेपालले पाँच विकेट गुमाएर एक सय २३ रन बनाएको छ । 

ad
ad