१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रको बेथिति सफा गर्दा स्वार्थ समूह बेखुसी : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३३:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट व्यवस्थापनमा भएका बेथितिलाई सफा गर्न खोज्दा स्वार्थ समूह बेखुसी भएको बताएका छन् । गोविन्द वियोगी स्मृति ट्रस्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

उनले भने, ‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड थियो, बजेट व्यवस्थापनमा पनि धेरै बेथिति थिए । त्यसलाई एकै धक्कामा सफा गर्न पनि कठिन थियो । बिस्तारै काम भइरहेको छ । दायित्वमाथि दायित्व सिर्जना हुँदै जाने, हिसाबकिताब नदेखिने अवस्थाको हामीले अन्त्य गर्दै छौँ । यसबाट स्वार्थ समूह बेखुसी छन् । बजेट व्यवस्थापन बिस्तारै सिस्टममा ल्याउँदै छौं ।’

 देशको आर्थिक अवस्था अप्ठ्यारा भएकाले कुनै पनि संघ–संस्थालाई राज्यले सहयोग गर्न नसकेको उनले बताए । परिस्थिति सहज भएपछि संघ–संस्थाको महत्वलाई बुझेर पुनः सहयोग उपलब्ध गराइने उनको भनाइ छ । उनले अर्थतन्त्र क्रमशः सुधार हुँदै गइरहेको जिकिर गरे । उनले भने, ‘बिस्तारै अर्थतन्त्र लयमा फर्किँदै छ । जग्गा कारोबार चलायमान भएको छ, नेप्से परिसूचक उकालो लागेको छ । धेरै वर्षपछि उच्च संख्यामा पर्यटक भित्रिएका छन् । बाहिरबाट सिस्टममा प्रशस्त पूँजी प्रवाह भएको छ । आत्मविश्वास पनि विकसित हुँदै गएको छ ।’ 

डा. महतले आर्थिक वृद्धिदर पहिलेको तुलनामा बढ्ने, लगानीको नयाँ क्षेत्रको पहिचान गर्नुपर्ने र अर्थतन्त्रमा देखिएको अन्योल समाप्त हुँदै जाने बताए । 
 

ad
ad