१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपचार अभावले राउटे बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:५२:oo

दैलेखको भैरवी गाउँपालिका– ४ को गडजिउलामा बस्दै आएको राउटे समुदायकी एक बालिकाको उपचार अभावमा ज्यान गएको छ । हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गाको बिहीबार राति मृत्यु भएको हो । 

बालिका एक महिनादेखि बिरामी थिइन् । राउटे समुदायसँग निकट भएर काम गरिरहेका अभियन्ता लालबहादुर खत्रीले प्रभावकारी उपचार अभावमा ज्यान गएको बताए । दुर्गा हरिबहादुरकी एक मात्र छोरी थिइन् । उनक दुई छोरा छन् । गडजिउलामा बस्दै आएका राउटे समुदाय शुक्रबार नै चामुन्डाबिन्द्रासैनी नगरपालिका– ४ सुइयातडामा बसाइँ सरेका छन् । 
पछिल्ला वर्ष राउटे समुदायको जनसंख्या घट्दै आएको छ । अहिले राउटेको संख्या एक सय ३७ छ । यसमध्ये बालबालिकाको संख्या ६५ छ । फिरन्ते जीवन बिताउने राउटेमा पछिल्लो समय विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । ‘चिसो बढेसँगै राउटे समुदायमा समस्या बढ्दै गएको छ । चिसो भुइँमा रात कटाउनुपर्ने अवस्थाका कारण स्वास्थ्य समस्या बढेको छ । बालबालिका झन् बढी समस्यामा छन्,’ खत्रीले भने ।

ad
ad