१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपचार अभावमा राउटे बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:३३:oo

दैलेखको भैरवी गाउँपालिका– ४ को गड जिउलामा बस्दै आएकी राउटे बालिकाको उपचार अभावमा मृत्यु भएको छ। हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाहीको बिहीबार राति मृत्यु भएको हो।

विगत एक महिनादेखि बिरामी उनको उपचार हुन सकेको थिएन। उनी बिरामी परेको थाहा पाएपछि उपचार र खानपिनमा ध्यान दिन आग्रह गरिए पनि बिहीबार राति मृत्यु भएको राउटेसँग काम गरिरहेका लालबहादुर खत्रीले जानकारी दिए।

हरिबहादुर शाहीका दुई छोरा र एक छोरी थिए। छोरीको मृत्युपछि हरिबहादुर चिन्तामा छन्। औषधि खाँदा बिराम सन्चो हुँदै गएको भए पनि माघेसंक्रान्तिमा खानपिनका कारण समस्या भएको र शुक्रबार बिहान बस्तीमा जाँदा बालिकाको मृत्यु भएको थाहा पाएको खत्रीले बताए।

गड जिउलामा बस्दै आएका राउटे समुदाय शुक्रबार नै चामुन्डाबिन्द्रासैनी नगरपालिका– ४ सुईयातडामा बसाइँ सरेका छन्। चिसो बढेसँगै राउटे समुदायका व्यक्तिमा स्वास्थ्य समस्या बढ्दै गएको छ। चिसो भुइँमा रात कटाउनुपर्ने अवस्था हुँदा बालबालिका र वृद्धवृद्धा थप जोखिममा छन्।

पछिल्ला वर्षहरूमा राउटे समुदायको जनसंख्या घट्दै आएको छ। अहिले राउटेको संख्या एक सय ३७ रहेको छ। जसमध्ये ६५ जना बालबालिका छन्।

ad
ad