मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १o:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अभिव्यक्ति नसच्याए सल्लाहकार नरहने घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o९:oo

जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानका अध्यक्ष विकास शारदाले बैंक वित्तीय कर्जापीडित व्यवसाय कल्याण संघ संघर्ष समितिको कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ र अध्यक्षप्रति लक्षित गरी दिएको गैरजिम्मेवार अभिव्यक्ति नसच्याए संघको सल्लाहकार नरहने घोषणा गरेका छन् । 

संघको कार्यकक्षमा बिहीबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शारदाले व्यापारीको साझा संगठनको अध्यक्षको हैसियतले व्यवसायीको हकहित संरक्षणका लागि प्रतिबद्ध भएर लागिरहेका वेला संगठन र आफूलाई लक्षित गरी दिइएको गैरजिम्मेवार अभिव्यक्ति सच्याउन आग्रह गरे । संघर्ष समितिको नाममा २ माघमा लहानमा आयोजित कार्यक्रममा आएका व्यवसायी दुर्गा प्रसाईंले संघ र अध्यक्षप्रति लक्षित गरी दिएको गैरजिम्मेवार अभिव्यक्ति सच्याउनुपर्ने उनको माग छ ।

कार्यक्रममा प्रसाईंले बैंक तथा वित्तीय संस्थाको ऋणले व्यापारी व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेका वेला पीडितले गरेको कार्यक्रममा नआएको आरोप लगाउँदै उद्योग वाणिज्य संघ र त्यसका अध्यक्षविरुद्ध गालीगलोजसहित आक्रमण नै गर्नुपर्ने बताएका थिए । 

‘आफूलाई चोखो बनाएर अरूको मानमर्दन गर्ने अधिकार कसैलाई छैन,’ पत्रकार सम्मेलनमा उनले भने, ‘अहिलेको संकटपूर्ण अवस्थामा अध्यक्षको हैसियतले मसहितको टिमले बैंक वित्तीय संस्था, बैंकर्स एसोसिएसनलगायतसँग समन्वय गरी व्यवसायीको हितमा के गर्न सकिन्छ भन्नेबारे काम गरिरहेका छौँ ।’

पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष तथा सुखीपुर उद्योग वाणिज्य संघका अध्यक्ष शत्रुधनप्रसाद चौधरीले बैंक तथा वित्तीय संस्थाबाट व्यापारीले लिएको ऋणमध्ये थोरै पसलमा र बाँकी जग्गा र ब्याजमा लगानी गरेकाले ऋणको सदुपयोग हुन नसक्दा समस्या आएको बताए ।