१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बलात्कार आरोपी दुईजनालाई पनि थुनामा राख्न अदालतको अनुमति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५१:oo

१४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको आरोपमा पक्राउ परेका पाँचमध्ये थप दुईजनालाई पनि अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालत मुगुले अनुमति दिएको छ ।

तीनजनालाई मंगलबार नै १३ दिन थुनामा राख्न अनुमति दिइसकेको थियो । बुधबार दुईजनालाई म्याद थप भएपछि अब पक्राउ परेका पाँचैजनालाई १३ दिन थुनामा राखेर घटनाबारे अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले जानकारी गराए । घटनामा संलग्न भनी जाहेरी परेका अन्य चारजना अझै फरार रहेका र उनीहरूको खोजीकार्य जारी रहेको उनले बताए ।

छायाँनाथ रारा नगरपालिका– १४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी १४ वर्षीया बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी २२ वर्षीय वसन्त रोकाया छन् । अन्य तीनजना बालक रहेको प्रहरीले जनाएको छ ।
 

ad
ad