१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१९:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाली सर्ट फिल्म ‘संग्स अफ लभ एन्ड हेट’ बर्लिन फेस्टिभलमा छनोट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१९:oo

विश्वको प्रतिष्ठित मानिने बर्लिन फिल्म फेस्टिभलमा सौरभ घिमिरेले निर्देशन गरेको सर्ट फिल्म ‘संग्स अफ लभ एन्ड हेट’ छनोट भएको छ। 

फेब्रुअरी २० देखि १ मार्चसम्म जर्मनीको बर्लिनमा आयोजना हुने फेस्टिभलको ‘जेनेरेसन प्लस सेक्सन’ अन्तर्गत यो सर्ट फिल्म छनोट भएको हो।

१७ मिनेटको लामो यस फिल्मले रेडियो कार्यक्रममार्फत प्रेमको परामर्श दिने प्रस्तोता आफू पनि प्रेमको विछोडमा परेपछि वियोगको यात्रालाई विषय बनाएको छ।

निर्देशक घिमिरेले रेडियोमार्फत प्रेमको परामर्श दिने कार्यक्रम प्रस्तोता प्रेम पात्रले विछोडमा परिसकेपछि गर्ने यात्रालाई लिएर कथा तयार पारेको बताए।

‘फिल्ममा रेडियोमा प्रेमसम्बन्धी कार्यक्रम प्रस्तोता प्रेम हुन्छन्। स्रोताहरूले उनीसँग प्रेमबारे परामर्श लिइरहन्छन्। अन्ततः उनी आफैँ प्रेमको वियोगमा पर्छन्,’ उनले भने, ‘तर, प्रेमको वियोग परिसकेपछि उनी आफैँलाई त्यो परामर्शको जरुरी हुन्छ। त्यसैले, उनी त्यो वियोग भुल्ने प्रयासमा यात्रा गर्छन्, तर उनका स्रोताले भने प्रेमलाई परामर्श लिन खोजिरहन्छन्। तर, फिल्ममा पात्र भने देखिँदैनन्। उसको आवाजले फिल्मको दृश्य भाषामा अगाडि बढ्छ।’

आफूले बनाएको फिल्म प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट हुँदा निर्देशक घिमिरे दंग छन्। उनी भन्छन्, ‘बर्लिनमा छनोट होला भन्ने हामीले सोचेका थिएनौँ। तर, फेस्टिभलमा हाम्रो फिल्म छानिएको छ। यस्तो प्रतिष्ठित फेस्टिभलमा हाम्रो फिल्म छनोट हुँदा अर्काे ऊर्जा मिलेको छ।’

यसअघि उनले सर्ट फिल्म ‘बार्किङ डग्स’ बनाएका थिए। यो फिल्मलाई निर्देशक मीन भाम र मिङ्सो लिम्बूले निर्माण गरेका हुन्। निर्माता मिङ्सो लिम्बूले फेस्टिभलमा देखाउने मात्र नभई विश्व सिने मञ्चमा आफ्नो सम्पर्क विस्तार गर्ने अवसर मिल्ने बताए।

‘हाम्रो लागि फिल्म देखाउने मात्र नभई विश्व सिने मञ्चमा आफ्नो सम्पर्क विस्तार गर्ने मौका पनि हो,’ उनले भने, ‘ख्याति कमाएका निर्देशक, निर्माता, अभिनेता, सेल्स एजेन्ट, वितरकसँग अन्तर्क्रिया गर्न पाइन्छ। हामीजस्ता  नेपाली  फिल्ममेकरको लागि फेस्टिभलमा महत्त्वपूर्ण प्लेटफर्म हो।’ लिम्बूले यसअघि सर्ट फिल्म ‘जुन्का’ बनाएका थिए।