१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लहानमा पुनः नगर बस सञ्चालन, ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:४५:oo

सिराहाको लहान नगरपालिकाले पुनः नगरबस सेवा सञ्चालन गरेको छ। करिब डेढ वर्षभन्दा बढी समयदेखि बन्द रहेको नगरबस सेवाको सोमबार बिहान नगरपालिकापरिसरमा प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, सञ्चारकर्मीहरूको उपस्थितिमा नगर प्रमुख महेशप्रसाद चौधरीले रिबन काटेर उद्घाटन गरे। 

नगरबस सेवा पुनः सञ्चालन भएपछि नगरको ग्रामीण क्षेत्रमा पर्ने ११ देखि २४ नं. वडा क्षेत्रका सर्वसाधारणलाई प्रत्यक्ष रूपमा राहत हुने भएको छ। नगरबस सेवा पुनः सञ्चालनको पहिलो दिन सोमबार बसमा यात्रा गर्ने सबै नगरवासीलाई निःशुल्क गरिएको नगर प्रमुख चौधरीले बताए। ‘२ माघदेखि बसमा यात्रा गर्ने अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको छ,’ उनले भने।

नगरबसले दुईवटा रुटमा दैनिक पडरिया, बस्तीपुर, भदैया, ढोढना, तरेगना, गोविन्दपुरसम्म र ब्रह्माणगोर्छाडी, मलहन्मा, मोतीपुर, बथनाहा, छर्रापट्टि हुँदै लहानसम्म नगरवासीहरूलाई सेवा दिने नगरबसमा एकतर्फी रूपमा अधिकतम २५ रुपैयाँ भाडा तोकिएको  प्रवक्ता रमेश गौतमले बताए। 

उनका अनुसार उक्त भाडादर उत्तर र दक्षिण दक्षिणतिरबाट कामविशेषले लहानसम्म आउने नगरवासीले तिर्दै आएको भाडादरको तुलनामा आधाभन्दा पनि सस्तो हो। 

०७८ चैतमा लहान नगरपालिकाअन्तर्गत पर्ने ग्रामीण भेगका बासिन्दालाई लहान आवतजावत गर्न सहजताका लागि नगरपालिकाको स्वामित्वमा खरिद गरिएको दुईवटा बसमार्फत नगर बससेवा सञ्चालन गरिएको भए पनि केही महिनापछि बन्द गरिएको थियो। बन्द भएको नगरबस सेवा पुनः सञ्चालनमा ल्याइएकाले ग्रामीण भेगका सर्वसाधारणलाई राहत भएको छ। 

ad
ad