१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २१ शुक्रबार ११:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भीमदत्त नगरपालिका– ६ का वडाध्यक्ष खड्का मृत फेला 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o७:oo

कञ्चनपुरका एक जनप्रतिनिधि (वडाध्यक्ष) मृत फेला परेका छन् । भीमदत्त नगरपालिका– ६ का वडाध्यक्ष महेन्द्र खड्का मृत फेला परेका हुन् । 

खड्का बिहीबार बिहानै भीमदत्त नगरपालिका– ६ ऐठपुर महाकाली सिँचाइको नहरमा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले म.१प ४८५२ नम्बरको मोटरसाइकलसहित मृत फेला परेको बताए ।

प्रवक्ता डाँगीका अनुसार मृत फेला परेका वडाध्यक्ष खड्काको शव पोस्टमार्टमका लागि महाकाली अस्पतालमा ल्याइएको छ । घरपरिवार र आफन्तले घटनाको निष्पक्ष छानबिनको माग अघि सारेका छन् । ३० वैशाख ०७९ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट खड्का निर्वाचित भएका थिए । 
 

ad
ad