१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २१ शुक्रबार o९:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्लाहीको ईश्वरपुरमा ४०८ जनाको मोतियाबिन्दुको शल्यक्रिया

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:५६:oo

सर्लाहीको ईश्वरपुरमा आयोजित बृहत् आँखा जाँच शिविरमा चार सय आठजनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । ईश्वरपुर नगरपालिका– ६ स्थित नगर अस्पतालपसिरमा रहेको आँखा उपचार केन्द्रमा शिविर आयोजना गरिएको हो । चार दिनसम्म चलेको शिविरमा दुई सय पाँचजना महिला र दुई सय तीनजना पुरुष गरी जम्मा चार सय आठजनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । 

यसअघि सञ्चालन भएको आँखाको स्क्रिनिङमा एक हजार आठ सयजनाले आँखा चेकजाँच गराएको आयोजक नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पताल चितवनले जनाएको हो । शिविरअन्तर्गत नेत्र प्राविधिकहरूको टोलीले हरिपूर्वा नगरपालिका, हरिपुर नगरपालिका, लालबन्दी नगरपालिकाको नवलपुर र ईश्वरपुर नगरपालिकास्थित नगर अस्पतालपरिसरमा सहभागीहरूको स्क्रिनिङ गरेका थिए । 

शिविरबाट फेला परेका मोतियाबिन्दुका बिमारीको बयलवासस्थित नगर अस्पतालमा शल्यक्रिया गरिएको ईश्वरपुर स्वास्थ्य शाखाले जनाएको हो । शिविरमा बिमारीको चाप अत्यधिक भएपछि शल्यक्रियाको समय थप गरिएको थियो । 

शिविरमा छिमेकी देश भारतको सीतामढी जिल्लाका विभिन्न गाउँबाट समेत बिमारी आएका थिए । भरतपुर आँखा अस्पतालकी नेत्र रोग विशेषज्ञ चिकित्सक पुष्पा गिरीको नेतृत्वमा टोली खटिएको थियो । आँखाको शल्यक्रियापछि आँखाको ज्योति फर्किएको भन्दै वृद्धवृद्धाहरू खुसी भएका थिए । 

ad
ad