मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १७:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभा विषयगत समितिका सभापति निर्विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२४:oo

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन्।

चारवटै समितिको सभापतिमा एक/एकजनाको मात्र उम्मेदवारी परेपछि बुधबार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो। निर्वाचित सभापतिहरूलाई सभामुख भीमबहादुर भण्डारीले बुधबार नै पद तथा गोपनीयताको शपथ गराएका छन्।

विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा सत्तारुढ नेपाली कांग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका माया पन्त निर्वाचित भएका छन्। 

त्यस्तै, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीरबहादुर थापा निर्वाचित भए। सत्तारुढ कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी एमालेबीच पाँचवटै पार्टीले एक/एकवटा समितिको नेतृत्व लिने समझदारी बनेपछि चारवटै समितिको सभापतिमा एकल उम्मेदवारी परेको थियो। 

प्रदेश सभा नियमावलीमा भएको व्यवस्थाअनुसार विशेषाधिकार समिति गठन गर्ने र उक्त समितिको नेतृत्व माओवादीलाई दिने सहमति दलहरूबीच सोमबार सहमति भएको थियो। प्रदेश सभा सुरु भएपछि उक्त समिति गठन हुनेछ। 

सदन सुरु भएको एक वर्षपछि विषयगत समितिले नेतृत्व पाएको हो। दलहरूबीच नेतृत्वमा भागबन्डा नमिल्दा लामो समय समितिहरू नेतृत्वविहीन थिए। जसले गर्दा सरकारका काम-कारबाहीको नियमन र निगरानी गर्नेलगायत कार्यहरू समितिले प्रभावकारी रूपमा गर्न सकेका थिएनन्। यसअघि ज्येष्ठ सदस्यको अध्यक्षतामा समितिका बैठक बस्ने गरेका थिए।