१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २४ मंगलबार १५:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केएमसी चिकित्सक निलम्बन : समस्या समाधान गर्न शिक्षामन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २४ मंगलबार १५:११:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा. विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका छन्। काठमाडौं विश्वविद्यालयको सहकुलपतिका हैसियतले मन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन्। 

मन्त्री राईको उक्त निर्देशनबारे मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आज जानकारी गराउँदै निजमाथिको निलम्बन फुकुवा गरी विश्वविद्यालयले तय गर्ने मापदण्ड जारी भएपछि मात्रै चिकित्सकहरूलाई स्वास्थ्य शिविरमा परिचालन गराउन  निर्देशन दिइएको बताए।  

उक्त कलेजले १२ दिनअघि डा. दाहाललाई खटाइएको शिविरमा नगएका कारण निलम्बन गरेको थियो भने उक्त कारबाही नियमसम्मत नभएको भनी संसदीय समितिमा आवाज उठेको थियो।