१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २० बिहीबार ११:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गजेन्द्रनारायण सिंह अस्पतालमा तोकआदेशमै नौ कर्मचारी नियुक्त

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५६:oo

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा  ऐन–नियम मिचेर तोकआदेशकै भरमा कर्मचारी नियुक्त गरिएको छ। खुला प्रतिस्पर्धा नगराई अस्पतालले ऐन–नियम मिचेर तोकआदेशका आधारमा कर्मचारी नियुक्त गरेको हो।

‘चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि–२०७६’ विपरीत गजेन्द्रनारायण सिंह अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाशप्रसाद साहले तोकआदेशमा नौजना कर्मचारी भर्ना गरेको पाइएको छ।

करार सेवा व्यवस्थापनसम्बन्धी कार्यविधिमा करारमा जनशक्ति पदपूर्ति गर्दा न्यूनतम २१ दिनको सूचना प्रकाशन गरी इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गर्नुपर्ने व्यवस्था छ। तर, तत्कालीन मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाशप्रसाद साहले तोकआदेशमा नौजना कर्मचारी राखेका हुन्।

डम्बरकुमार मण्डल, सुरेन्द्रकुमार यादव, पिंकीकुमारी झा,आकृति यादव, दीपककुमार मण्डल, श्रवणकुमार यादव, अमरकुमार यादव, रमेशकुमार यादव र डा. सन्तोषकुमार यादवलाई तोकआदेशमा नियुक्ति दिइएको छ।

उनले ३ फागुन  ०७९ मा डम्बरकुमार मण्डल, सुरेन्द्रकुमार यादव र अमरकुमार यादवलाई नियुक्ति दिइएकाे छ। डा‍.सन्तोषकुमार यादवलाई २३ कात्तिक ०७९ मा नियुक्ति दिइएकाे छ। यस्तै, पिंकीकुमारी झा, आकृति यादव, दीपककुमार मण्डल, श्रवणकुमार यादवले गत साउनमा र रमेशकुमार यादवले गत १ मंसिरमा नियुक्ति पाएका छन्। 

डम्बर र सुरेन्द्रलाई मासिक १५ हजार तलब दिने गरी पिसिआर ल्याबमा नियुक्ति दिइएको छ। पिंकीकुमारी झा र दीपककुमार मण्डल तथा आकृति यादवलाई दैनिक पाँच सय रुपैयाँ तलब दिने गरी अहेबका रूपमा नियुक्ति गरिएकाे छ।

त्यस्तै, श्रवणकुमार यादवलाई २० हजार तलब दिने गरी फार्मेसी सहायकमा नियुक्ति दिइएको छ। त्यस्तै, अमरकुमार यादवलाई १५ हजार तलब दिने स्टोर शाखामा  कामकाज गर्न नियुक्ति दिइएको छ।

यस्तै, रमेशकुमार यादवलाई १७ हजार तलब दिने गरी इमर्जेन्सी शाखामा कामकाज गर्न नियुक्ति दिइएको छ भने डा. सन्तोषकुमार यादवलाई अस्पतालमा कामकाज गरेकोबापत दैनिक ज्यालादारीमा नियुक्ति दिइएको छ। युवा नेता रामजी यादवले भने, ‘यहाँ भ्रष्टाचारको गन्ध आउँछ अस्पतालमा तत्काल छानबिन हुनुपर्छ।’ 

नियुक्तिको विषयमा थाहा छैन 

अस्पतालका सूचना अधिकारी आशाराम यादवले नियुक्तिको विषयमा कुनै जानकारी नरहेको प्रतिक्रिया दिए। यस्तै, अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. अवधेशकुमार मिश्रले नियुक्तिबारे प्रशासनसँग बुझेर छानबिन गर्ने बताए। उनले भने, ‘म पनि भर्खर आएको हुँ। के–कसो भएको छ। म बुझ्दै छु।’  

ad
ad