१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० पौष २३ सोमबार १०:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस राष्ट्रिय सभा सदस्य उम्मेदवार छनाेटमा गगन थापाको फरक मत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० पौष २३ सोमबार १०:५७:००

नेपाली कांग्रेसले छनाेट गरेको राष्ट्रिय सभा सदस्य उम्मेदवारको नामावलीप्रति महामन्त्री गगनकुमार थापाले फरक मत राखेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी छनाेटमा आफ्नो फरक मत रहेको जनाए । तर, उनले उम्मेदवार छनाेटमा फरक मत भए पनि बैठकमा बहुमतले पारित गरेको कुरामा पूर्ण संलग्नता रहनेसमेत प्रतिबद्धता जनाए । 

थापाले राष्ट्रिय सभा प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेका जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विज्ञ व्यक्तिहरूलाई उपस्थित गराउने थलो भए पनि नेपाली कांग्रेसले त्यस्तो गर्न नसकेको बताए ।

पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित  भएका योग्य र लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने मापदण्ड बनाए पनि संसदीय बोर्डको बैठकले त्यसमा ध्यान पुर्‍याउन नसकेको भन्दै यस्तो निर्णयले सबै तह र तप्कालाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई खण्डित गरेको बताए । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई कमजोर बनाउने उनले उल्लेख गरे ।