१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पोखरामा प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:३१:oo

‘कृषि यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नारासहित पोखरामा शुक्रबारदेखि ‘प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी  २०८०’ सुरु भएको छ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा मालेपाटन, पोखरा महानगरपालिका र नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा सुरु तीनदिने प्रदर्शनी २२ पुससम्म चल्नेछ।

प्रदर्शनीको गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका हुन्। आयोजक संघका अध्यक्ष कृष्ण शर्माका अनुसार मुख्य सात उद्देश्य लिएर प्रदर्शनी आयोजना गरिएको हो।

एकैथलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरू तथा सेवाहरूबारे जानकारी गराउन, नीति निर्माता, पेसागत समूह, अनुसन्धानकर्ता, कृषकलगायत सरोकारवालालाई कृषियन्त्र तथा प्रविधिसम्बन्धी जानकारी गराउन, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवर्द्धनमा योगदान पुर्‍याउन, कृषि यान्त्रीकरण व्यवसायी र कृषकबीच कार्यगत समन्वय गर्न, लगानीको अवसर सिर्जना गर्न, कृषियन्त्र तथा प्रविधिसम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवाप्रदायक, नीति निर्माता, कृषिविज्ञ र कृषकबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्न, नेपालको कृषिलाई यान्त्रीकरणमार्फत व्यवसायीकरण गरी प्रतिस्पर्धी तथा आधुनिक कृषि प्रणालीको विकास गर्नु उद्देश्य रहेको शर्माले जानकारी दिए।

संघले यसअघि ०७० सालमा चितवनको नारायणगढमा, ०७२ मा नेपालगन्जको कोहलपुरमा, ०७३ मा काठमाडौंमा, ०७४ मा धरानमा र पुनः ०७८ सालमा चितवनको भरतपुरमा गरी पाँचपटक यस्तै प्रदर्शनी गरिसकेको शर्माले बताए।

६० भन्दा बढी प्रदर्शनकर्ताबाट एक हजारभन्दा बढी उपकरण तथा प्रविधिबारे जानकारी
तीनदिने प्रदर्शनीमा ६० भन्दा बढी प्रदर्शनकर्ताबाट भारत, जापान, चीन, इन्डोनेसियालगायत १० भन्दा बढी देशमा निर्माण भएका कृषि औजार, उपकरण तथा प्रविधिबारे अवलोकनकर्ताले जानकारी पाउनेछन्।

एक हजारभन्दा बढी आधुनिक उपकरण एवं आधुनिक प्रविधिबारे जानकारी पाइने प्रदर्शनीमा पाँच करोडभन्दा बढीको कारोबारसँगै ४० जिल्लाका ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको आयोजक संघका महसचिव अर्जुनप्रसाद लुइँटेलले जानकारी दिए। लुइँटेलका अनुसार प्रदर्शनीमा उपकरण खरिद गर्दा पाँच देखि २० प्रतिशतसम्म छुट पाइनेछ।

‘मेड इन नेपाल’को छुट्टै स्टलसमेत रहने प्रदर्शनीमा कृषि यान्त्रीकरण प्रवर्द्धनसम्बन्धी गोष्ठी र सेमिनार, रैथाने बालीका परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षणसम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षणसम्बन्धी छलफल तथा अन्तर्क्रियासमेत हुने कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले जानकारी दिए।

हाल गण्डकीमा जग्गा चक्लाबन्दीको कार्यक्रम भइरहेकाले तिनीहरूका लागि समेत यान्त्रीकरण आवश्यक रहेकाले प्रदेश सरकारले यसका लागि कृषकलाई विभिन्न सहयोग गरिरहेको उनको भनाइ थियो।

ad
ad