१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

थाहाको पर्यटन प्रवर्द्धनका लागि हेटौँडामा फोटो प्रदर्शनी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३६:oo

मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि प्रदेशको राजधानी हेटौँडामा शुक्रबारबाट फोटो प्रदर्शनी  सुरु भएको छ।

दुई दिनसम्म चल्ने प्रदर्शनीको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन्।

थाहा नगरपालिकाको आयोजनामा हेटौँडाको बुद्धचोकमा सुरु भएको फोटो प्रदर्शनीमा एक दर्जन फोटोग्राफरले खिचेका थाहा नगरको विभिन्न पर्यटकीय स्थल, प्राकृतिक क्षेत्र, धार्मिक स्थल, थाहा क्षेत्रको संस्कृति र जीवनशैली समेटिएका ६० वटा फोटो राखिएको छ।

फोटो प्रदर्शनीको उद्घाटन गर्दै मेयर लामाले प्रदर्शनीले मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। उनले अंग्रेजी नयाँ वर्षको पहिलो दिनबाट बागमती प्रदेश सरकारले सुरु गरेको भ्रमण वर्ष २०२४ लाई पनि प्रदर्शनीले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरिन्।

मेयर लामाले जिल्लाको पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनका लागि १० वटै स्थानीय तह एकजुट हुन आवश्यक रहेको पनि बताइन्। उनले हेटौँडा उपमहानगरपालिकाले पनि छिट्टै नगरको पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको जानकारी दिइन्।

भोलि शनिबारसम्म चल्ने प्रदर्शनीको पाँच हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ।

ad
ad