मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format ११:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगलागीपीडितलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format ११:३३:oo

संखुवासभाको खाँदबारी नगरपालिका– ३ लिलिवरका आगलागीपीडितलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ।

गएको मंगलबार राति विद्युत् सर्ट हुँदा आगलागीमा परेर खाँदबारी नगरपालिका–३ लिलिवरका मनोज दर्जीको घर, खाद्यान्न, लत्ताकपडा जलेको थियो।

आगलागीपीडित दर्जीको परिवारलाई खाँदबारी नगरपालिका र ३ वडा नम्बर वडा कार्यालयले बिहीबार खाद्यान्न तथा लत्ताकपडालगायत विभिन्न सामग्री सहयोग गरेको हो।

आगलागीपीडित दर्जीको परिवारलाई चामल, भाँडाकुँडा तथा लत्ताकपडालगायतका सामग्री राहतस्वरूप सहयोग गरेको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताए।

आगलागीबाट दर्जीको घरको आधाभन्दा बढी भागसमेत जलेको थियो भने छिमेकी दुई घरमा समेत सामान्य क्षति पुगेको थियो।