Skip This
खेलाडीलाई वर्षभरि व्यस्त बनाउने क्यानको क्यालेन्डर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २० शुक्रबार
  • Sunday, 16 June, 2024
खेल तालिका सार्वजनिक गर्दै क्यानका पदाधिकारी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८o पौष २० शुक्रबार o८:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

खेलाडीलाई वर्षभरि व्यस्त बनाउने क्यानको क्यालेन्डर

सन् २०२४ मा नेपालले टी–२० विश्वकप र विश्वकप लिग–२ को सिरिज खेल्नेछ । नेपाल, नेदरल्यान्डस् र नामिबिया सम्मिलित सिरिज फेब्रुअरीमा नेपालमै हुनेछ ।

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष २० शुक्रबार o८:२५:oo

नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीलाई वर्षभरि नै व्यस्त बनाउने योजनाका साथ वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तालिका सार्वजनिक गरेका हुन् । वार्षिक क्यालेन्डरअनुसार सिनियर टोलीका पुरुष तथा महिला, पुरुष ‘ए’ तथा उमेर समूहका खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछन् ।

नेपालले विश्वकप क्रिकेट लिगदेखि क्यानडा, ओमान, अमेरिका, आयरल्यान्डसँग खेल्ने तालिका रहेको छ । सिनियर टोलीले एक वर्षभित्र तीनवटा आइसिसी विश्वकप लिग–२ का शृंखला र एसिसी पुरुष प्रिमियर कप खेल्नेछ । उमेर समूहमा यू–१९ टोलीले आइसिसी विश्वकपलगायत प्रतियोगितामा भाग लिनेछ ।

 क्यानका सचिव खड्काले नेपालसँग कुनै देश खेल्न इच्छुक रहे क्यालेन्डरमा समावेश गर्न सकिने बताए । ‘अहिले क्यालेन्डर सार्वजनिक गरेका छौँ, यद्यपि यो अन्तिम भने होइन, कुनै देश शृंखला खेल्न इच्छुक रहे त्यसलाई क्यालेन्डरमा थप गर्नेछौँ,’ खड्काले भने, ‘घरेलु प्रतियोगिता पनि थप हुनेछ ।’ बहुचर्चित घरेलु प्रतियोगिता नेपाल टी–२० लिग भने आफैँले आयोजना गर्ने र त्यसको मिति बोर्ड बैठकबाट गर्ने खड्काले बताएका छन् । उनले क्यान आफैँ प्रतियोगिता गर्न सक्षम रहेको बताउँदै पहिलो संस्करणको देखिएका विवादको राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग मिलेर समाधान गर्ने बताएका छन् । उनले टेस्ट राष्ट्रसँग पनि सल्लाह भइरहेको बताए । 

क्यानडासँग मात्रै सात खेल
क्यालेन्डरअनुसार यस वर्ष नेपालले क्यानडासँग सात अन्तर्राष्ट्रिय खेल खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ मा दुई र अन्य शृंखलामा पाँच खेल गरी समग्रमा क्यानडासँग सात एकदिवसीय खेल खेल्न लागेको हो । नेपालले १० देखि १४ फेब्रुअरीसम्म घरेलु मैदानमा क्यानडासँग तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । सेप्टेम्बरमा क्यानडामा गएर आइसिसी विश्वकप लिग–२ मा भाग लिनेछ । यस लिगमा नेपाल, क्यानडा र ओमान हुनेछन् । त्यसपछि क्यानडा नै पुगेर दुई एकदिवसीय शृंखला खेल्ने कार्यक्रम रहेको खड्काले बताए । यस अवधिमा नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेट खेल्नेछ । यसैबीच, नेपाल र क्यानडाको ‘ए’ टोलीबीच एकदिवसीय शृंखला हुनेछ ।

पिएम कप थप परिमार्जन हुने
प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिता थप परिमार्जन गरी व्यवस्थित बनाउने योजनामा क्यान रहेको छ । अर्कोपटक पिएम कप राउन्ड रोबिन पद्धतिअनुसार हुने खड्काको भनाइ छ । यस फम्र्याटअनुसार शीर्ष चार टोलीले थ्री डे एलिट ट्रफी खेल्नेछन् । पुरुष पिएम कप मूलपानी, कीर्तिपुर र भैरहवाको सिद्धार्थ रंगशालामा हुँदै छ । यसमा सात प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी हुनेछन् । ‘अझै धेरै समय प्रतियोगिता गराउने उद्देश्य राखेका थियौँ, तर अन्तर्राष्ट्रिय तालिका धेरै भएकाले शीर्ष चार टोलीबीच थ्री डे एलिट गराउने योजना बनाएका हौँ,’ उनले भने, ‘यसले गर्दा शीर्ष चार टोलीले थप अवसर पाउनेछन् ।’ 

क्यान पदाधिकारी र भारतीय विदेशमन्त्रीबीच भेट
क्यानका पदाधिकारीले बिहीबार भारतीय विदेशमन्त्री डा. एस जयशंकर र भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गरेका छन् । द्वारिका होटेलमा साँझ क्यानका चार पदाधिकारी तथा राष्ट्रिय टोलीका सिनियर चार खेलाडीको भारतीय विदेशमन्त्री जयशंकर र राजदूत श्रीवास्तवसँग वार्ता भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नयाँ पत्रिकालाई बताए ।

‘भारतीय विदेशमन्त्रीज्यूले हामीसँग छलफल गर्ने मनसाय बनाउनुभएको रहेछ, यसै क्रममा उहाँसँग भेट भएको हो,’ चन्दले भने, ‘करिब २५ मिनेटको छलफलमा नेपाली क्रिकेटको विकासका लागि भारतले गर्न सक्ने सहयोगबारे मौखिक प्रस्ताव राखेका छौँ ।’

त्रिवि क्रिकेट मैदानको अपग्रेड गर्नेदेखि भारतमा प्रशिक्षणको व्यवस्थाबारे पनि छलफल भएको उनले बताए । ‘भारतको सहयोगमा त्रिवि क्रिकेट मैदानलाई टेस्ट राष्ट्रलाई खेलाउन मिल्ने गरी अपग्रेड गरौँ भन्ने प्रस्ताव राखियो,’ उनले भने, ‘अफगानिस्तान, श्रीलंका र बंगलादेशलाई दिएको जस्तो सुविधा नेपालले पनि पाउनुपर्ने प्रस्ताव राखेका छौँ ।’ चन्दका अनुसार भारतका विदेशमन्त्री जयशंकरले नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा निकालेको नतिजाबाट आफू खुसी भएको बताएका थिए । 

ad
ad
ad
ad