१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष १९ बिहीबार ०६:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘हाई अल्टिच्युड’ प्याराग्लाइडिङ स्कुल सञ्चालन

Read Time : < 1 मिनेट
२०८० पौष १९ बिहीबार ०६:२९:००

लमजुङमा ‘हाई अल्टिच्युड’को प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका– ८ थोँतीमा द बाबु एडभेन्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो । नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र दोर्दी गाउँपालिकासँगको सहकार्यमा विद्यालय सञ्चालन गरिएको हो ।

तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने, कसरी उडाउन सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले बताए । विद्यालय सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि दोर्दी गाउँपालिकाले सहयोग गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । गाउँपालिकामा रहेको भेडीगोठसहितका अन्य पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि पनि प्याराग्लाइडिङ विद्यालय महत्वपूर्ण हुने उनको भनाइ छ ।

पालिकामा प्याराग्लाइडिङ विद्यालय स्थानीयका लागि समेत नयाँ अवसर र रोजगारी प्राप्त हुने अध्यक्ष अधिकारीले बताए । बाबु एडभेन्चर प्याराग्लाइडिङ कम्पनीले नौ वर्षदेखि स्याङ्जाको भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्दै आएको छ ।