१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

दोर्दीमा नेपालकै पहिलो ‘हाइअल्टिच्युड प्याराग्लाइडिङ स्कुल’ सञ्चालन गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:४७:oo

लमजुङको दोर्दी गाउँपालिकामा नेपालमै पहिलोपटक हाइअल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिने तयारी गरिएको छ । दोर्दी गाउँपालिका– ८ थोँतीमा हाइअल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालन गर्न लागिएको हो ।

स्कुल सञ्चालनका लागि गाउँपालिकाले बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीलाई सिफारिस दिइसकेको छ । प्याराग्लाइडिङ स्कुल सञ्चालनका लागि विभिन्न निकायहरूसँग छलफल भइरहेको र बाबु एडभेञ्चरलाई स्कुल चलाउन दिने गरी प्रक्रिया अगाडि बढेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार नेपालमै पहिलोपटक तीन हजार नाै सय मिटर उचाइमा हाइअल्टिच्युड स्कुल सञ्चालनमा आएपश्चात् प्याराग्लाइडिङबारे जानकारीसहित आकाशमा उड्न चाहनेहरूले तालिम लिन पाउनेछन् ।

उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने, कसरी उडाउने भन्ने सिकाइनेछ । स्कुललाई नागरिक उडड्यन प्राधिकरणले समेत अनुमति दिइसकेको छ । प्याराग्लाइडिङ स्कुलका लागि आवश्यक पूर्वाधारको निर्माण स्थानीय सरकारले गर्ने बताइएको छ ।

ad
ad