१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o९:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बागमतीका १० अस्पताल स्तरोन्नति गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:o७:oo

बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा रहेका प्रदेश सरकारमातहतका १० वटा अस्पतालको स्तरोन्नति गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिशूली अस्पताल, मकवानपुरको हेटौँडा अस्पताल, चितवनको बकुलर अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र भक्तपुरको भक्तपुर अस्पताल रहेका छन् ।

 यस्तैगरी, सिन्धुपाल्चोकको चौतारा अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं स्मृति अस्पताल, काठमाडौंको टोखा चण्डेश्वरी अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, रसुवाको रसुवा अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई स्तरोन्नति गरिने भएको हो । मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पताललाई तीन सय शड्ढया क्षमतामा विकास गर्ने निर्णय गरेको छ । यस्तै, भक्तपुरको भक्तपुर अस्पतालको क्षमता पनि तीन सय शड्ढयाको बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यसअघि हेटौँडा र भक्तपुर दुवै अस्पताल सय–सय शड्ढयाको क्षमतामा सञ्चालित थिए । 

बैठकले धादिङ अस्पताल, त्रिशूली अस्पताल, सिन्धुली अस्पताल, बकुलहर अस्पताललाई सय शड्ढया र सिन्धुपाल्चोक, रामेछाप, पशुपति चौलागाईं स्मृति अस्पताल र मेथिनकोट अस्पताललाई ५० शड्ढया र टोखा चण्डेश्वरी अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, रसुवा अस्पताललाई २५–२५ शड्ढयामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

उत्तम जोशी, स्वास्थ्यमन्त्री, बागमती प्रदेश 
सेवा प्रवाहको स्थिति अनुमान गरी स्वास्थ्य उपकरण, भौतिक संरचनालगायत काममा प्रदेश सरकारले थप लगानी दिएर अस्पताललाई व्यवस्थित बनाउने कोशिस गरेका छौँ । प्रदेशस्तरका अस्पताललाई सुविधासम्पन्न बनाउन सके ग्रामीण भेगका नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि गर्न सकिने विश्वास छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि धादिङ अस्पताल, सिन्धुली अस्पताल ५०–५० शड्ढया, त्रिशूली अस्पताल २५ शड्ढया र बकुलहर अस्पताल १५ शड्ढयामा सञ्चालित थिए । यसैगरी, चौतारा अस्पताल २५, रामेछाप २५, पशुपति चौलागाईं स्मृति अस्पताल पाँच र मेथिनकोट अस्पताल पाँच शड्ढयाको अस्पतालका रूपमा सञ्चालनमा रहेका थिए । यस्तै, टोखा चण्डेश्वरी अस्पताल १५, बज्रबाराही चापागाउँ अस्पताल १५ र रसुवा अस्पताल ५ शड्ढयामा सञ्चालनमा थिए ।

प्रदेश सरकारले स्तरोन्नति थालेका अस्पतालको व्यवस्थापनका लागि चालू आर्थिक वर्षमा एक करोड ३१ लाख ९८ हजार रुपैयाँ बजेट व्यवस्था गरेको मन्त्रालयका सूचना अधिकारी रविन भुसालले जानकारी दिए । उनले प्रदेश सरकारबाट पशुपति चौलागाईं स्मृति अस्पतालका लागि पाँच लाख ६२ हजार, धादिङ अस्पतालका लागि १० लाख सात हजार, रामेछाप अस्पतालका लागि ६ लाख ४१ हजार, रत्ननगर बकुलहर अस्पतालका लागि ६ लाख ७१ हजार, हेटौँडा अस्पतालका लागि १५ लाख ८८ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ । 

सिन्धुली अस्पतालका लागि १७ लाख ७५ हजार, भक्तपुर अस्पतालका लागि २१ लाख ५१ हजार, बज्रबाराही चापागाउँ अस्पतालका लागि ६ लाख ४६ हजार, टोखा चण्डेश्वरी अस्पतालको लागि पाँच लाख ४४ हजार, मेथिनकोटका लागि ६ लाख ५७ हजार, चौतारा अस्पतालका लागि ६ लाख ७२ हजार, रसुवा अस्पतालका लागि चार लाख ११ हजार र त्रिशूली अस्पताल १८ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ 

ad
ad