१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

केशवलाल स्मृति राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:२o:oo

बागमती प्रदेशको राजधानी हेटौँडामा सम्पन्न केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ।

सोमबार भएको फाइनलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमण्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो। एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–२०, २५–१७ र २५–२३ को सेटमा हराएको हो।

न्यु डायमण्डले उपाधिसहित दुई लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता न्यु डायमण्डले एक लाख रुपैयाँ पाएको छ।

प्रतियोगितामा निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी, विजय केसी उत्कृष्ट प्रशिक्षक र एपिएफका सरस्वती चौधरी उत्कृष्ट सर्भर घोषित भए। न्यु डायमण्डकी जेनिसा विश्वकर्मा उत्कृष्ट स्पाइकर, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र प्रगतिनाथ उत्कृष्ट सेटर घोषित भए।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र विधागत उत्कृष्ट खेलाडीहरूले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्। ५ वटा टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा सञ्चालन भएको थियो।

प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले ५०-५० हजार रुपैयाँ प्राप्त गरेका छन्। प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, आयोजक संस्थाका अध्यक्ष प्रताप विष्ट, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौलालगायतले पुरस्कार वितरण गरेका थिए।

मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले १३ गतेबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गरेका हुन्।

ad
ad